arrow

रोनाल्डोको युभेन्ट्स बाहिरियो, आयाक्स सेमिफाईनलमा

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
ronaldo44.jpg

एजेन्सी । पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोको ब्यवसायिक क्लब इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलबाटै बाहिरिएको छ । 

Ronaldo and thousands of Juventus fans looked stunned after Ajax scored their second away goal to take control of the tie

युभेन्ट्स डच क्लब आयाक्ससंग पराजित हुँदै क्वार्टरफाईनलबाटै बाहिरिएको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएको अवस्थामा मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेल महत्वपूर्ण थियो । 

Dutch giants Ajax defied the odds to knock Juventus out of the Champions League at the quarter-final stage on Tuesday

घरेलु एलियान्ज स्टेडियममा खेलेको युभेन्ट्सले आयाक्ससंग २–१ गोल अन्तरले घुँडा टेकेपछि समग्रमा आयाक्स ३–२ को नतिजा सहित सेमिफाईनल यात्रा तय गरेको हो ।

खेलमा रोनाल्डोले कर्नर बलमा गोल गर्दै घरेलु टोली युभेन्ट्सले २८ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो ।

Juventus had got off to a good start when Cristiano Ronaldo (left) scored the game's opening goal inside the first half an hour

३४ औं मिनेटमा भान डि विकले गोल गर्दै आयाक्सका लागि बराबरी गोल फर्काए ।

But Ajax hit back swiftly when midfielder Donny van de Beek netted an away goal to square the tie up at 2-2 on aggregate

तर युवा कप्तान डि लिग्टले ६७ औं मिनेटमा गोल गर्दै पाँच पटकका च्याम्पियन रोनाल्डोको टिमलाई क्वार्टरफाईनलमै रोके । 

निकै अताल्लिएका देखिएका रोनाल्डोले खेलको अन्त्यमा पहेंलो कार्ड खान पुगेका थिए । 

Ajax wonderkid Matthijs de Ligt scored a fine headed winner in Turin to send shockwaves through the rest of Europe

आयाक्सले अब फाईनल प्रवेशका लागि सेमिफाइनलमा बुधबार राति दुई इंगलिश क्लबहरु म्यानचेष्ट सिटी र टोटेनह्याम हट्सपरबीचको विजेतासंग खेल्नेछ ।

Mazraoui appeared to be in pain as he limped off down the touchline, flanked by two members of Ajax's medical team

युभेन्ट्स र रोनाल्डो
रोनाल्डोले आफ्नो करियरमा क्बललाई पाँच पटक च्याम्पियन्स लिग जिताएका छन् । यसपटक मात्रै स्पेनिश क्लब रियाल मड्रिडबाट युभेन्ट्स आएका रोनाल्डोले युभेन्ट्सलाई भने सेमिफाइनलमा पुर्याउन सकेनन् । 

Juventus took the lead on 28 minutes thanks to Ronaldo, who planted a firm header beyond Ajax goalkeeper Andre Onana

चार वर्षमा युभेन्ट्स पहिलो पटक सेमिफाइनल नपुगी बाहिरिनु परेको छ । 

Ronaldo celebrated in front of the dugouts after his goal was awarded following a VAR review at Allianz Stadium in Turin



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ