arrow

एनएमबि बैंकले ल्यायो ‘एनएमबि सबैको सहारा बचत खाता’

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
1555403345Photograph.gif

काठमाडौं। खोलौ बैंक खाता अभियान २०७६ अन्तर्गत एनएमब बैंकले ‘एनएमबि सबैको सहारा बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । ‘सबैका लागि बचत, सधैंकालागि साहरा’ नारा राखिएको उक्त योजना आफ्नो ‘एक घर एक खाता’ अभियानलाई परिस्कृत गर्दै बैंकले यो योजना ल्याएको हो।

यस योजना अन्तर्गत बैंकमा खाता खोल्दा ग्राहकले बैकंको तर्फबाट १०० रुपैयाँ प्राप्त गर्नेछन् । बैंकका अनुसार यस खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा सुरक्षण गरिनेछ। खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, क्यान्सर, किड्नी निस्कृयता, लिभरको रोग, मस्तिस्कघात, हृदयाघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भिर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल या नीजको नजिकको हकवालालाई १० लाख रुपैयाँ सम्मको बीमा रकम उपलब्ध गराइनेछ बैंकले जनाएको छ ।

यसका अतिरिक्त उक्त खातामा सर्वाधिक ब्याजदर, निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ्ग, निशुल्क ईन्टरनेट बैंकिङ्ग, तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट नि:शुल्क रकम झिक्न सकिने छ।

बैंकका नेपालभर १ सय १० शाखा , ४ एक्स्टेन्सन काउन्टर, ९९ एटिएम सञ्चालनमा रहेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ