arrow

‘बिआरआई नेपालको समृद्धिमा’

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
belt_and_road_initiative.png

काठमाडौँ ।चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिशिएटिभ’ ले नेपालको समृद्धिमा सघाउने एक जना चिनियाँ प्राध्यापकले बताएका छन् । अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले बुधबार राजधानी  गरेको एक कार्यक्रममा उनले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा साकार पार्न मद्दत गर्ने बताए ।

पेकिङ विश्वविद्यालयका प्राध्यापक वाङ डङले बिआरआईअन्तर्गत निर्माण हुने भौतिक पूर्वाधारले नेपालको विकासमा सघाउने छन् भने एशियाली पूर्वाधार लगानी बैंकजस्ता वित्तीय संस्थाले विकास–निर्माणका निम्ति आवश्यक पूँजी जुटाउने बताए ।

नेपाल मात्र नभई बिआरआईमा आबद्ध सबै देश लाभान्वित हुने र त्यसले ती राष्ट्रको राष्ट्रिय अर्थतन्त्रलाई उजिल्याउँदै आर्थिक वृद्धिमा बढोत्तरी गर्ने उनले बताए। प्रतिष्ठानका प्रमुख भाष्कर कोइरालाले चीनले हासिल गरेको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरक छ भन्दै उसका अनुभवबाट नेपालले सिक्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ