arrow

लोकसभाको दोस्रो चरण : करोडपतिहरुबीच मात्रै चुनावी प्रतिस्पर्धा !

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
loksabha6.jpg

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान सफलतापूर्वक सम्पन्न भइसकेको छ । अहिले सबै पार्टीहरुको ध्यान बिहीबार हुने दोस्रो चरणको मतदानमाथि छ । दोस्रो चरणमा १२ राज्यहरुको कूल ९५ सीटहरुमा मतदान हुँदैछ । यस दौरानमा १६३२ उम्मेदवार आफ्नो भाग्य फैसला कुरिरहेका छन् । लोकसभा चुनावको दोस्रो चरणमा २७ प्रतिशत यानी ४२७ उम्मेदवार करोडपति रहेका छन् । 

यसको मतलब हो कि यी उम्मेदवारहरुको सम्पत्ति एक करोड रुपैयाँ या यसभन्दा पनि धेरै रहेको छ । यी उम्मीदवारहरुमध्ये  ११ प्रतिशत उम्मेदवारहरुले आफ्नो सम्पत्ति ५ करोड या यसभन्दा अधिक घोषित गरेका छन् । जबकी ४१ प्रतिशत उम्मेदवारहरुले आफ्नो सम्पत्ति १० लाख या सो भन्दा बढी रहेको बताएका छन् । 

एसोसिएशन डेमोक्रेटिक रिफर्म्स (एडीआर) ले एक सर्वे गरेर तयार पारेको आंकडा अनुसार लोकसभा चुनावको दोस्रो चरणमा प्रति उम्मेदवार औसत सम्पत्ति ३ करोड ९० लाख रहेको छ । नेशनल इलेक्शन वाच र एडीआरले १६४४ बाट १५९० उम्मेदवारहरुको घोषणापत्रको विश्लेषण गरेको थियो । यी १५९० मध्ये २०९ उम्मेदवार राष्ट्रिय दलहरुका छन्। त्यस्तै, १०७ प्रत्याशी राज्य स्तरीय पार्टीहरुको हो । जबकि, ३८६ प्रत्याशी मान्यता प्राप्त अन्य राजनीतिक दलका हुन् र ८८८ उम्मेदवार निर्दलीय पार्टीहरुका छन् । 

प्रमुख दलहरुको कुरा गर्नेहो भने कांग्रेसका ५३ मध्ये ४६ जना करोडपति छन् । भाजपाका ५१ मध्ये ४५ करोडपतिहरु छन्। जबकि, डीएमकेका २४ मध्ये २३ जना करोडपतिहरु रहेका छन् । एआइएडिएमके पार्टीका सबै सांसदहरु करोडपति छन् । सो दलले २२ जना उम्मेदवार उठाएको छ । बहुजन समाजवादी पार्टीका ८० जना मध्ये २१ जना उम्मेदवारको सम्पत्ति १ करोड भन्दा धेरै रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ