arrow

भ्रष्टाचारको कालो पक्षः गोली ठोकेर आत्महत्या गरे पेरुका पूर्वराष्ट्रपतिले

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
alan-garcia.jpg

लिमा । पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन् । आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा आफैले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।     
     
उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा उनले आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीहरुले जनाएका छन् ।     
     
घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोष्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् ।     
     
गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारहरुसँग भने, “यो बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफैले आफैलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो ।”     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ