arrow

आठौं राष्ट्रिय खेलकुदः बास्केटबलको उपाधि आर्मी र प्रहरीलाई 

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
basketball_final_boys.jpg

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बास्केटबलको पुरुषमा आर्मी र महिलामा प्रहरी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा प्रदेश ३ चुक्यो ।

    दाङको घोराहीमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले प्रदेश ३ लाई ७६–५८ ले पराजित ग¥यो । आर्मीका रामकृष्ण घतानेले २३ अंक जोडे । प्रहरीले प्रदेश ४ ७४–५४ ले हराउदै तेश्रो भयो । प्रहरीका विकास गुरुङले १४ अंक जोडे ।

    महिलाको उपाधि भिडन्तमा प्रहरीले प्रदेश ३ लाई ४५–२९ ले पाखा लगायो । प्रहरीकी अनुषा मल्लले १३ स्कोर गरिन् । आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । 

आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५१–३९ ले पन्छायो । विजयी टिमका लागि ग्रीष्मा सिलवालले ११ अंक जोडिन् । पुरुषमा १० र महिलामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ