arrow

आठौं राष्ट्रिय खेलकुदः गोल्फमा टंक र प्रतिभालाई स्वर्ण

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
Golf_Niraj_Tamang.jpg

काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय गोल्फमा टंकबहादुर कार्की र प्रतिभा राईले स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको पुरुषमा टंक र महिलामा प्रतिभा पहिलो भएका हुन् ।

गोकर्ण गोल्फ क्लबमा भएको प्रतियोगिताको पुरुषमा शुक्रबहादुर राई दोश्रो तथा निरज तामाङ तेश्रो भए । महिलामा कश्मिरा शाहले रजत तथा तारा कार्कीले कांस्य जिते । शीर्ष तीन स्थान हात पार्ने पुरुष खेलाडी प्रदेश १ तथा महिला खेलाडी प्रदेश ३ का हुन् ।

पुरुष टिममा प्रदेश १ (शुक्र, बविन्द्र राई, निरज) पहिलो, आर्मी (निश्चयजंग रायमाझी, सुवास तामाङ, राहुल विक) दोश्रो तथा गण्डकी प्रदेश (मदन गुरुङ, लक्ष्मीप्रसाद गुरुङ, महेन्द्र थगामी) तेश्रो भए ।

तीनदिने प्रतियोगितामा ६ महिलासहित ३४ खेलाडी सहभागी थिए । तीन स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ