arrow

अवे गोलमा म्यान्चेस्टर सिटी गुल्टियो, सात गोल भएको खेलमा के के भयो ? 

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
city3.jpg

काठमाडौं । म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । इंगलिश प्रतिद्धन्द्धी टोटनह्याम हट्सपरसंग पराजित भएपछि सिटीको यात्रा टुंगिएको हो । 

बिहीबार बिहान सम्पन्न क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा म्यान्चेष्टर सिटीसंग पराजित भए पनि अवे गोलका आधारमा टोटनह्यामले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा भएको खेलमा सिटी ४–३ ले विजयी भए पनि समग्रमा ४–४ को नतिजा सहित अवे गोलका आधारमा टोटनह्याम सेमिफाईनलमा प्रवेश गरेको हो । 

घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा टोटनह्याम १–० गोल अन्तरले विजयी भएको थियो ।  

अत्यन्त प्रतिस्पर्धात्मक खेलको सुरुवाती २१ मिनेटभित्र दुवै टोलीबाट पाँच गोल भएको थियो ।

Sterling beats Hugo Lloris in injury-time as the Etihad erupted on Wednesday night

रहिम स्टर्लिङले खेलको चौथो मिनेटमा घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । टोटनह्यामका सन ह्युङ मिनले सातौं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेटपछि सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई २–१ को अग्रता दिलाए ।

The England international runs to the corner flag after scoring what he thought was the winner

बर्नार्डो शिल्भाले सिटीलाई एघारौं मिनेटमा बराबरी गोल फर्काएका थिए । २१ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाएका थिए ।

Tottenham players appear dejected after Sterling netted a dramatic goal at the Etihad Stadium

५९ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई ४–२ को स्थितिमा पुर्याएका थिए । तर फर्नान्डो लाउरेन्टले ७३ औ मिनेटमा गोल गर्दै टोटनह्यामलाई पुनः खेलमा फर्काएका थिए । 

Sterling dives to the floor in front of the City supporters during the European contest



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ