arrow

महत्वपूर्ण खेलमा कुवेतविरुद्ध बलिङ गर्दै नेपाल

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौं । यू–१९ एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम तथा पाँचौं खेलमा नेपालले अहिले कुवेतसंग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । 

नेपालले सोचे अनुसारको बलिङ भने गर्न सकेन । २२ ओभर खेल्दा कुवेतले २ विकेटको नोक्सानीमा ८७ रन बनाएको छ ।

दुवै विकेट रसिद खानले लिएका छन् । 

अघिल्ला ४ खेलमा ३ जित र १ हार व्यहोरेको नेपालले अन्तिम खेलमा कुवेतसंग खेलिरहेको हो । नेपाल कुवेतलाई हराएर विश्वकपमा छनोट हुने सम्भावना जीवित राख्न चाहन्छ । 

दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । नेपाल शीर्ष स्थानको युएई भन्दा २ अंकले पछि रहेको छ  । युएईको ८ अंक रहेको छ । कुवेतको पनि ६ अंक रहेको छ ।

तर, नेपालको विश्वकप यात्रा भने आफू अनुकुलको नतिजाले मात्र दिलाउने छ । युएई र ओमानबीचको खेलले ने निर्णय गर्नेछ । उक्त खेलमा ओमानले जित निकालेमा नेपाल विश्वकपमा छनोट हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ