arrow

नेपाल कुवेतविरुद्ध सामान्य चुनौती पछ्याउँदै, यसकारण विश्वकपमा पुग्ने सम्भावना कम 

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौं । यू–१९ एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम तथा पाँचौं खेलमा नेपालले अहिले कुवेतसंग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले १५८ रनको सामान्य लक्ष्य पछ्याइरहेको छ । 

टस जितेर नेपालले पहिले फिल्डिङ गरेपछि ब्याटिङ गरेको कुवेतले ४९.४ ओभरमा अलआउट हुँदै १५७ रन बनायो । नोमन बुड्रोले ७० रन बनाए । 

नेपालका लागि रोहित कुमार पौडेलले ३ तथा रसिद खान, सूर्य तामाङ र कुशल मल्लले २–२ विकेट लिएका छन् ।  

अघिल्ला ४ खेलमा ३ जित र १ हार व्यहोरेको नेपालले अन्तिम खेलमा कुवेतसंग खेलिरहेको हो । नेपाल कुवेतलाई हराएर विश्वकपमा छनोट हुने सम्भावना जीवित राख्न चाहन्छ । 

दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । नेपाल शीर्ष स्थानको युएई भन्दा २ अंकले पछि रहेको छ  । युएईको ८ अंक रहेको छ । कुवेतको पनि ६ अंक रहेको छ ।

विश्वकपमा छानिने सम्भावना कम

नेपालको विश्वकपमा छानिने सम्भावना भने कमजोर बनेको छ । नेपालले जितेर मात्र पुग्ने छैन युएई र ओमानबीचको खेलले निर्णय गर्दैछ ।

युएईले कम योगफलको लक्ष्य पाएपछि पराजित हुने सम्भावना छैन । उक्त खेलमा ओमानले जित निकालेमा मात्र नेपाल विश्वकपमा छनोट हुनेछ । 

तर युएईले १०६ रनको लक्ष्य सजिलै भेटाउँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ