arrow

नेपालको पीडादायी लञ्च 

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
u-19-nepal5.jpg

काठमाडौं । नेपाल यू–१९ एक दिवसीय विश्वकप क्रिकेट छनोटबाट बाहिरिएको छ । एसिया छनोटको अन्तिम तथा पाँचौं खेलमा नेपालले कुवेतसंगको खेल सकाउनुअघि नै उसको अगाडिको यात्रा रोकिएको हो । 

यो समूहबाट सतप्रतिशत नतिजासहित युएई समूह विजेता भएपछि नेपालको यात्रा सकिएको हो । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले १५८ रनको सामान्य लक्ष्य पछ्याउँदै थियो । नेपालले बिना कुनै विकेटको नोक्सानी २७ रन बनाएपछि लञ्च टाइम भयो । 

लञ्च हुँदै गर्दा यता युएईले ओमानलाई १० विकेटले हराइसकेको थियो । यो जितले नेपालको यात्रा रोकियो । यदि युएई पराजित भएर नेपालले खेल जितेको भए नेपाल दक्षिण अफ्रिका विश्वकपमा छानिने थियो । 

घर फर्किनु पर्ने लञ्च पक्कै पनि नेपालका लागि पीडादायी भएको छ । 

यसअघि टस जितेर नेपालले पहिले फिल्डिङ गरेपछि ब्याटिङ गरेको कुवेतले ४९.४ ओभरमा अलआउट हुँदै १५७ रन बनायो । नोमन बुड्रोले ७० रन बनाए । 

नेपालका लागि रोहित कुमार पौडेलले ३ तथा रसिद खान, सूर्य तामाङ र कुशल मल्लले २–२ विकेट लिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ