arrow

जेट एयरवेज पछिल्लो ७ वर्षमा बन्द हुने छैठौं भारतीय कम्पनी, २० हजारको रोजगारी संकटमा

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
jet-airways-boeing-777.jpg

काठमाडौं । भारतको पहिलो निजी वायु सेवा प्रदायकले बुधवार आफ्नो सेवा अस्थायीरुपमा बन्द गर्ने निर्णय गरेको छ । यससँगै जेट एयरवेज पछिल्लो ७ वर्षमा बन्द हुने छैठौं भारतीय एयरलाइन कम्पनी बन्न पुगेको छ ।

सन् २०१२ मा विजय माल्याको किंगफिसर एयरलाइन्स बन्द भएको थियो । त्यसपछि एयर पेगसस, एयर कोस्टा, एयर कार्निवल र जुम एयर बन्द भएका थिए । जेट एयरलाइन्सको सेवा बन्द भएसँगै कम्पनीका करिब २० हजार कर्मचारी र म्यानेजमेन्टको रोजगारी संकटमा परेको छ ।

कर्मचारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो रोजगारी बचाउन आग्रह गरेका छन् । आपतकालीन कर्जाको माध्यमबाट कम्पनीलाई बचाउने प्रयास भए पनि कम्पनीले माग गरेअनुसारको ऋण दिन दाताहरु तयार नभएसँगै बुधवारबाट कम्पनीको सेवा बन्द भएको हो ।

चरम आर्थिक संकटको सामना गरेको कम्पनीले आफ्ना कर्मचारीलाई तलब बुझाउन, भाडा तिर्न, ऋणको किस्ता तिर्न र इन्धनको खर्च बुझाउन नसक्ने अवस्था आएसँगै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

एयरवेजले अहिले १५ अर्ब भारु आपतकालीन कर्जा मिलेको खण्डमा राहत मिल्ने बताएको थियो तर दाताले उक्त ऋण दिन अस्वीकार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ