arrow

पाँचथरका तीन जलविद्युत आयोजना केन्द्रीय प्रसारणमा जोडिदै

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
Tallo-hewa-hydro.jpg.jpeg

पाँचथर । पाँचथर जिल्लाका तीन जलविद्युत आयोजना विद्युत उत्पादनको चरणमा पुगेका छन् । ५७ मेघावटका  यी आयोजनाको आन्तरीक अन्तिम टेष्टको काम भईरहेको प्रवद्र्धक कम्पनीहरुले जानकारी दिएका छन् ।

बैशाख भरीमा  यी आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारणमा जोड्ने गरी तयार हुने उनीहरुको भनाई  छ । २५ मेघावटको कावेली वि–१, २२ मेघावटको तल्लो हेवा र १० मेघावटको इवाखोला जलविद्युत आयोजना केन्द्रीय प्रसारणमा जडान गर्नकालागि तयारी अवस्थामा पुगेका हुन ।

 यी आयोजनाबाट उत्पादन हुने विद्युत अबको दुईमहिनासम्ममा केन्द्रीय प्रसारणमा जडान गरिसक्ने योजना रहेको छ ।   आयोजनाहरु बाट उत्पादन विद्युत विद्युत प्रसारण लाईन कावेली करीडोरमाफर्त केन्द्रीय प्रसारण जोड्नु पर्ने छ । तर कावेली करीडरको काम सकिएको छैन । प्रसारणलाईन सकिने हो भने बैशाखभित्रमानै विद्युत उत्पादन थाल्न सक्ने अवस्था रहेको प्रवद्र्धक कम्पनीहरुको भनाई छ ।

फिदिमको थापाटारमा रहेको सवस्टेशनसम्मको काम सकिएर टेष्टहरु भईरहेको करीडोरका आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए। तल्लो हेवा जलविद्युत आयोजना  थापाटारको सवस्टेशनमा  जोडिने छ ।

 तर थापाटारदेखि अमरपुरसम्मको सवस्टेशनको काम भने अझै केहि समय लाग्ने द्विवेदीले जानकारी दिए। यो सवस्टेशनमा कावेली वि–१ र इँवाखोला जलविद्युत आयोजना जोडिने छ । जेठभित्रमा कामसकिने द्विवेदीले उनको भनाई छ । फिदिमको  थापाटारसम्मको प्रसारणलाईनको काम अन्तिम चरणमा पुगेकाले कावेली वि–१ र इँवा खेला जलविद्युत आयोजनालाई भने अमरपुरसम्मको काम सकिनै पर्छ ।

 केहि दिनमा थापाटारसम्मको पुरा हुने आयोजना प्रमुख  द्विवेदीले बताए।  जेष्ठ मसान्तभित्र काम जसरी सक्ने भरी काम भईरहेको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ