- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दार्चुला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको प्रभाव दार्चुलामा परेको छैन । आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले विहीबार बन्दको आह्वान गरेको हो ।
विप्लव समूहले गरेको बन्दको असर दार्चुलामा खासै नदेखिए पनि बाहिरी जिल्लामा भने प्रभाव देखिएको छ । विप्लव समूहले कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द हुने जनाएको छ ।
बन्द आह्वान गरिएको भएपनि दार्चुलामा सवारी साधन चलेका छन् । बिहानै छोटो तथा लामो दुरीमा चल्ने सवारी साधनहरु संचालनमा आएका थिए । साथै शैक्षिक संस्था, सरकारी कार्यालय पनि खुला रहेका छन् ।
सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गर्न थालेको भन्दै प्रतिबन्ध लगाएर सो समूहमाथि तीब्र धरपकड जारी राखेको छ । बन्द अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताले देशका विभिन्न ठाउँमा केही सवारी साधनमा तोडफोड गरेका छन् ।