arrow

भारतमा यसपटक ६ लाख कृष्ण र ९ लाख अर्जुनले छान्दैछन् सरकार

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
Shrimad-Bhagavad-Gita.jpg

काठमाडौं । भारतमा अहिले चुनावको माहोल छ । यो निर्वाचनमा भारतमा शकुनी, शिखण्डी, गान्धारी र पूतना पनि मतदानका लागि आउनसक्छन् । त्यतिमात्र होइन, निर्वाचनमा धृतराष्ट्र, दुर्योधन, दुशासन र घटोत्कचपनि भोट हाल्न आउनेछन् ।

भारतको चुनाव आयोगको आँकडाअनुसार यसपटक महाभारतको पात्रको नाम भएका लाखौं मतदाताले निर्वाचनमा भाग लिनेछन् । आँकडाअनुसार निर्वाचनमा ६ लाख ४४ हजार कृष्ण नाम गरेका मतदाताले भोट हाल्दैछन् ।

त्यस्तै गीता नाम गरेका ३० लाख मतदाताका साथै ९ लाख अजुएन पनि यो निर्वाचनमा सहभागी हुनेछन् । शान्तनु, भीष्म, विचित्रवीर्यको साथमा धृतराष्ट्र र पाण्डु नाम गरेका पनि उल्लेख्य मतदाता छन् । सञ्जय नाम गरेका २६ लाखभन्दा बढी मतदाता छन्  भने ७५ मतदाताको नाम धृतराष्ट्र छ ।

गान्धारी, दुर्योधन र दुशासनका साथै जयद्रथ र अश्वत्थामाको नाम पनि मतदाताको सूचीमा छ । यसका साथै विदुर र कर्ण पनि भोट हाल्न जानेछन् । युधिष्ठिर, अर्जुन, भीम, नकुल र सहदेवका साथै द्रौपदी नाम गरेका मतदाता पनि छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ