arrow

काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन : खानेपानी मन्त्री

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
magar2.jpg

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताएकी छन् ।  काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताएकी हुन् ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘मेलम्चीको समस्या धेरै दिन रहँदैन । काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन । यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन् ।’

जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उनले बताइन् । भ्याली बोर्डले गरेको काम प्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन समेत दिइन्।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पु-याउन सरकार लागिरहेको जानकारी दिए। सचिव शर्माले भने, ‘ उच्च र मध्यमस्तरको खानेपानीको सेवा २० प्रतिशतले मात्रै पाईरहेका छन् । दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ । ९० प्रतिशत जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन खर्बौं रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’

भ्याली बोर्डका अध्यक्ष एवं मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौं उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरु योजना बनाईरहेको जानकारी दिए। उपत्यका भित्र रहेका पोखरी, ढुंगेधारा र तालतलैयाहरुको संरक्षण र सम्बद्र्धनका लागि बोर्ड योजना बनाएर अघि बढिरहेको सहसचिव भट्टले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ