arrow

पत्रकार सम्मेलनको क्रममा भाजपाका प्रवक्तामाथि डाक्टरले हाने जुत्ता, लगाए यस्तो आरोप

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
bjp-logo.jpg

नयाँ दिल्ली । चुनावी मौसममा राजनीतिक बयानबाजीकाबीच आज बीजेपी प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुता फ्याँकेर हमला गरिएको छ । राव र भूपेन्द्र यादव साध्वी प्रज्ञामाथि बीजेपी हेडक्वार्टरमा प्रेस कन्फ्रेन्स गरिरहेका थिए । जब यो घटना भयो। जुत्ता प्रहार गर्नेलाई तुरुन्त सुरक्षा कर्मचारीहरुले पक्राउ गरेका छन् । मिडिया रिपोर्ट्सका अनुसार, आरोपीको नाम शक्ति भार्गव हो । उनी पेशाले डाक्टर हुन्। प्रहरीले अहिले भार्गवलाई हिरासतमा लिएर सोधखोज चलिरहेको छ । 

जुत्ता फ्याँकेको घटना पछि पनि बीजेपी प्रवक्ता रावले सामान्य तरिकाले पत्रकार सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले कुनै आक्रामक प्रतिक्रिया दिएनन् । उनले आफ्नो कुरा टुंङ्ग्याएर मात्रै पत्रकार सम्मेलन समाप्त गरे । यस घटनामा बीजेपीका अर्का प्रवक्ता नलिन कोहलीले भने, 'जसले पनि यो आक्रमण गरेको छ । उसले कसैले भनेर यस्तो गरेको छ भने त्यो एकदमै दुखद् कुरा हो । यो अमर्यादित आचरण हो र लोकतन्त्रमा यसको लागि कुनै ठाउँ छैन।' 

आरोपीसँग कुनैपनि जानकारी भने आएको छैन । घटना बीजेपी हेडक्वार्टरमा भएको हो । जहाँ सुरक्षाको एकदमै ठूलो व्यवस्था गरिएको थियो । यसभन्दा पहिले पी चिदम्बरम र अरविन्द केजरीवालमाथि समेत जुत्ता प्रहार भएको थियो । 

को हुन् शक्ति भार्गव 
फेसबुक प्रोफाइलका अनुसार शक्ति भार्गव कानपुर स्थायी घर भएका व्यक्ति हुन् । भार्गवले आरोप लगाएका छन् कि सरकारले भ्रष्टाचार विरुद्ध कुनै पनि आवाज उठाउन सकेन । फेसबुक पोस्टमा उनले आफैंलाई विसल ब्लोअर बताएका छन् । डाक्टरबाट रियल स्टेट कारोबारी बनेका शक्तिले ब्रिटिश इण्डिया कर्पोरेशनको कैयौं जमिन र घरहरु खरिद गरिसकेका छन्। जमिन मात्रै होइन अरु पनि कैयौं मुद्दामा उनी बिरुद्ध सीबीआईको जाँच चलिरहेको छ । केही महिना पहिले भार्गवको घरमा पनि इनकम ट्याक्सले छापा मारेको समाचार नवभारत टाइम्समा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ