arrow

कृति अवार्डसको टाइटल स्पोन्सरमा नेपाल आइस

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
Crity_Title_Sponsor_Event_Press_Photo_final.gif

काठमाडौं। नेपाल विज्ञापन संघले आयोजना गर्ने कृति अवार्डसको टाइटल स्पोन्सर नेपाल आइसले गर्ने भएको छ। साथै उक्त कार्यक्रमको प्रस्तोता सिजी सिमेन्ट हुनेछ। यहि भाद्र ६ गते आयोजना गर्न लागेको एघारौ कृति अवार्डसको सहकार्यका लागि चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालबीच सम्झौता पत्रमा हस्ताक्षर गरे।  उक्त कार्यक्रममा सिजीका बरिष्ठ महाप्रबन्धक प्रदिप पुडासैनी ,लालबाबु प्रसाद तथा आनका पूर्वअध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल विज्ञापन संघले बिगत २०६० साल देखि गर्दै आएको कृति अवार्डसलाई विगत केहि वर्ष देखिका संस्करणहरुमा सिजी गु्रपले प्रायोजन गर्न पाएकोमा खुसि व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ