arrow

डुब्न लागेको पाकिस्तानी अर्थव्यवस्थालाई लाग्नसक्छ अर्को झड्का 

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
pakistan5.jpg

काठमाडौं । पाकिस्तानको आर्थिक स्थिति सुधारको कोसिसमा रहेका अर्थमन्त्री असद उमरले राजीनामा दिएका छन् । पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट राहत प्याकेज लिने क्रममा रहेको अवस्थामा उनले राजीनामा दिएका हुन् । 

उमरले सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई फेरबदल गरेर ऊर्जामन्त्री बनाउने तयारी भएसँगै आफूले राजीनामा दिएको बताएका छन् । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान अर्थमन्त्री उमरको नेतृत्वमा आईएमएफसँग कुरा अघि बढिरहेको थियो । यसअघि पनि पाकिस्तानले आईएमएफसँग १२ पटक आर्थिक सहयोग लिइसकेको छ । 

यसअघि पनि पाकिस्तानको घट्दो अर्थव्यवस्थाको कारण अर्थमन्त्री पदमुक्त हुनसक्ने अनुमान गरिँदै आएको थियो । उमरको आईएमएफको सहयोगको लागि पहल गर्नेभन्दा पनि साना साना ऋणको लागि साउदी र चीनसँग हात बढाउने योजनाप्रति लगानीकर्ता र उद्योग समूख असन्तुष्ट थिए । 

विभिन्न कारण आईएमएफको प्याकेट आउनमा दुईपटक ढिलाइ भइसकेको छ । अहिले भने आईएमएफसँग पाकिस्तानको सम्झौता हुने सम्भावना निकै बलियो देखिएको छ । आईएमएफका प्रतिनिधिले अप्रिलको अन्तिमसम्म पाकिस्तान भ्रमण गर्नसक्ने बताइएको थियो । तर, यो समय अब भने लम्बिनसक्ने बताइएको छ । पाकिस्तानी विश्लेषकले नयाँ अर्थमन्त्रीले अहिलेको काम बुझ्न समय लाग्नसक्ने भएकोले आईएमएएफको आर्थिक सहयोगको प्याकेज आउनमा ढिलाइ हुनसक्ने बताए । 

अहिले पाकिस्तान विभिन्न आर्थिक समस्याको सामना गरिरहेको छ । इमरान खानको नयाँ सरकार अहिले आर्थिक व्यवस्थामा सुधारको लागि जुटेको छ तर आशा गरिएअनुसारको नतिजा भने हासिल हुन सकेको छैन । 

गत महिना पाकिस्तानको केन्द्रीय बैंकले आर्थिक वृद्धिदरमा कमी आउनसक्ने भविष्यवाणी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ