arrow

६६ प्रतिशतमात्र मत खस्यो दोस्रो चरणमा

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
india-flag.jpeg

काठमाडौं । भारतको लोकसभा चुनावको दोस्रो चरण अन्तर्गत बिहीवार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव शान्तिपूर्णरूपमा सम्पन्न भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।     
     
भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको चुनावमा बिहीबार १२ राज्य र एक केन्द्र शासित प्रदेशका ९५ सिटका लागि मतदान भएको हो ।     
     
दोस्रो चरणमा ६६ प्रतिशत मत खसेको भारतीय निर्वाचन आयोगका उमेश सिन्हले जनाएका छन् ।      
     
दोस्रो चरणमा भारतको आसाम, विहार, छत्तिसगढ, जम्मु–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिशा, पाण्डेचरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका ९५ सिटका लागि निर्वाचन भएको हो ।     
     
विद्युतीय मतदान मेसिन (इवीएम) मा आएका केही प्राविधिक समस्याका कारण उडिशाका चार मतदान केन्द्रमा पुनः निर्वाचन गराउने निर्णय पनि निर्वाचन आयोगले लिएको छ ।     
     
उडिसा राज्यमा एकजना निर्वाचन अधिकारीलाई माओवादी विद्रोहीहरूले एम्बुसमा पारी गोली हानी हत्या गरेका बताइएको छ ।     
     
प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका निम्ति निर्वाचित हुने अभिलाषासाथ अभियानमा सहभागी छन् । विपक्षी कङ्ग्रेसले उनलाई कडा चुनौती दिइरहेको विश्लेषकहरूले बताएका छन् । यो चुनावलाई प्रधानमन्त्री मोदीप्रति जनमत सङ्ग्रहको रूपमा पनि हेरिएको छ ।     
     
भारतको लोकसभा निर्वाचनलाई विभिन्न सात चरणमा सम्पन्न गर्ने कार्यतालिका अनुसार यो सहित दुई चरणको निर्वाचन सम्पन्न भइुकेको छ । 

मे १९ मा अन्तिम चरणको मतदान सकिएपछि मे २३ मा मतगणना हुनेछ ।     
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ