arrow

मुम्बईसंग घुँडा टेक्यो दिल्लीले, यस्तो छ अंक तालिका 

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
delhi-mumbai.jpg

काठमाडौं । भारतमा भइरहेको आईपीएल टी–२० क्रिकेटमा सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स पराजित भएको छ । दिल्लीले मुम्बई इन्डियन्ससंग घुँडा टेकेको हो । 

बिहीबार राति भएको खेलमा मुम्बईले दिल्लीलाई ४० रनले हरायो । घरेलु मैदानमा खेलेको दिल्लीले १६९ रनको लक्ष्य पछ्याउने क्रममा ९ विकेटको नोक्सानीमा १२८ रनमै समेटियो । 

दिल्लीका लागि शिखर धवनले ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए । 

यसअघि टस  जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको नोक्सानीमा १६८ रन बनाएको थियो ।

मुम्बईका लागि कुर्नाल पाण्डयाले अविजित ३७ रन जोड्दा क्विनटन डी ककले ३५ रन जोडे । 

यस्तै हार्दिक पाण्डयले ३२ तथा कप्तान रोहित शर्माले ३० रन बनाए । 
दिल्लीका कागिसो राबाडाले २ विकेट लिए ।

यो खेलमा पनि सन्दीप लामिछानेले खेल्न पाएनन् । 

अंक तालिका
लिगको अंक तालिकामा ९ खेलबाट १४ अंकसहित डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किङ्स शीर्ष स्थानमा रहेको छ । 

तीन पटकको च्याम्पियन मुम्बई ९ खेलबाट १२ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

दिल्ली ९ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ  । किङस ११ पंजाब पनि १० अंकसहित चौथो स्थानमा छ । 

सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सको समान ८ अंक छ भने पहिलो संस्करणको च्याम्पियन राजस्थान रोयल्स ४ अंकबाट सातौं स्थानमा छ । 

भारतीय क्रिकेट कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म एक खेलमात्र जितेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ