arrow

चेल्सीसहित यी टिमहरु पुगे युरोपा लिगको सेमिफाइनलमा 

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
football12.jpg

काठमाडौं । इंगलिश क्लब चेल्सी युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगको खेलमा चेल्सीले चेक क्लब स्लाभिया प्रागलाई ४–३ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो ।

Chelsea doubled their lead on the night only five minutes later thanks to an own goal from Simon Deli at Stamford Bridge

पहिलो लेगमा १–० को जित निकालेको चेल्सीले समग्रमा ५–३ को नतिजा सहित अन्तिम ४ मा स्थान बनाएको हो । 

Pedro somehow hit the post from a yard out but the ball came back off the post and went in off the head of Deli (centre)

दोस्रो लेगमा स्टामफोर्ड ब्रिजको घरेलु मैदानमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेजले २ गोल गरे । 

तर खेल भने निकै सनसनीपूर्ण भयो । पेड्रोले खेलको पाँचौं मिनेटमा अग्रता दिलाएका थिए । पाहुना टोलीका सिमोन डेलीले नवौं मिनेटमा आत्मघाति गोल गरेपछि चेल्सीले अग्रतालाई दोब्बर बनाउने मौका पाएको थियो ।

Olivier Giroud continued his fine scoring form in the competition, netting Chelsea's third after barely a quarter of an hour

१७ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै चेल्सीलाई ३–० को स्थितिमा पुर्याएका थिए । स्लाभियाका कप्तान थोमस सोसेकले २५ औ मिनेटमा गोल गर्दै गोल अन्तरलाई घटाउने प्रयास गरे । 

Pedro was again involved - he latched on to a through ball before laying it on a plate for Giroud to make it 3-0 on Thursday

सेड्रि सेबिसिकले लगातार दुई गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरे । तर सकेनन् । 

अन्य खेलको नतिजा 
आर्सनलले ३–० को जितसहित नापोलीलाई हरायो । पहिलो लेगमा २–० को जित र दोस्रो लेगमा आर्सनल १–० ले हरायो 

Alexandre Lacazette gave Arsenal a vital away goal to put them 1-0 ahead in the 36th minute with a fantastic free-kick

इन्ट्राच फ्रयांकफर्डले बेनेफिकालाई अवे गोलका आधारमा हरायो । घरेलु मैदानमा २–० को जित निकालेको फ्रयांकफर्डले पहिलो लेगमा बेनेफिकाको मैदानमा ४–२ को हार बेहोरेको थियो । 

Captain Tomas Soucek gave Slavia Prague hope with a well-taken header after 25 minutes of the quarter-final second leg

भ्यालेन्सियाले भिल्लारियललाई समग्रमा ५–१ ले हरायो । पहिलो लेग ३–१ ले जितेको भ्यालेन्सियाले दोस्रो लेगमा २–० को जित निकालेको थियो । 

The French striker fires his free-kick at goal to kill the tie against Carlo Ancelotti's men at the Stadio San Paolo on Thursday

सेमिफाइनल भिडन्त 
चेल्सीले फ्रयांकफर्डसंग खेल्नेछ । त्यसैगरी आर्सनलको भिडन्त भ्यालेन्सियासंग हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ