arrow

आर्मी अघिअघि, पुलिस र सशस्त्र पछिपछि

logo
प्रकाशित २०७६ वैशाख ७ शनिबार
8th-national-games-logo.jpg

नेपालगन्ज । प्रदेश ५ मा भइरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा नेपाली सेनाको त्रिभुवन आर्मी शीर्ष स्थानमा रहँदा नेपाल पुलिस क्लब दोस्रो तथा सशस्त्र प्रहरीको एपीएफ तेस्रो स्थानमा छ । 

शुक्रबारसम्म आर्मी पदक तालिकामा शीर्ष स्थानका साथ कुल १०३ पदक जित्न सफल भएको छ । आर्मीले ४५ स्वर्ण, ३१ रजत र २७ कांस्य जितेको छ । आर्मीले शुक्रबार एथलेटिक्स, भारोत्तोलनलगायतका खेलमा पदक थपेको हो । 

दोस्रो स्थानको पुलिसले २२ स्वर्ण, २० कांस्य र २१ स्वण गरी ६३ पदक जित्दा एपीएफ ६१ पदकका साथ तेस्रो स्थानमा रहेको छ । एपीएफको १७ स्वर्ण, १६ रजत र २७ कांस्य छ । 

हालसम्म १२१ स्वर्ण पदकको निर्णय भइसेको छ । १२० रजत र २०२ कांस्य गरी ४४३ पदकको निर्णय भइसकेको हो ।

प्रदेश ३ चौथो स्थानमा रहेको छ । उसको ९ स्वर्ण, १५ रजत र ३३ कांस्य गरी कुल ३६ पदक रहेको छ । पहिलोपटक संघीय संरचनाअनुसार खेलाइएको यो प्रतियोगितामा प्रदेश ३ अगाडि रहेको हो । पाँचौं स्थानमा गण्डकी प्रदेश र छैटौं स्थानमा प्रदेश २ रहेको छ । 

गण्डकी प्रदेशको ६ स्वर्ण, ७ रजत र १८ कांस्य पदक गरी कुल ३१ पदक भएको छ । प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ५ कांस्य पदक गरी १७ पदक जितेको छ । 

सातौं स्थानको प्रदेश १ को ३ स्वर्ण ७ रजत र २० कांस्य गरी कुल ३६ पदक छ । आठौं स्थानको आयोजक प्रदेश ५ ले हालसम्म ४ स्वर्ण, १० रजत र १३ कांस्य गरी २७ पदक जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ