arrow

कोहलीको शतकमा शाहरुख खानको टाउको दुखाई 

logo
प्रकाशित २०७६ वैशाख ७ शनिबार
virat-kolhi.jpg

काठमाडौं । भारतमा भइरहेको आईपीएल टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंङ्लोरले संघर्षपूर्ण दोस्रो जित निकालेको छ । लगातार ६ हारको खराव कीर्तिमान बनाएको बैंगलोरले शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो । 

कोलकातामै भएको खेलमा बैंगलोरले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको शाहरुख खान मालिक रहेको कोलकाताले ५ विकेटको नोक्सानीमा २ सय ३ रन मात्र बनायो ।

सनसनीपूर्ण खेल खेल्दा खेल्दै कोलकाता हारेको हो । नितिस रानाले नटआउट ८५ रन बनाए । उनले ४६ बलमा त्यो सफलता पाएका थिए । आन्द्रे रुसेलले २५ बलमा ६५ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले ४ विकेटको नोक्सानीमा २ सय १३ रन बनाएको थियो । कप्तान विराट कोहलीले १०० रन बनाए । उनले ५८ बलमा ९ चौका र ४ छक्का हाने । मोइन अलीले २८ बलमा ६६ रन बनाए । 

शाहरुख खानले निकै खल्लो अनुभव गरेको दिन बैंगलोरले भने बदला लिन सफल भएको छ । पहिलो भेटमा कोलकाताले जितेको थियो । 

यो जितले विश्वकपअघि कोहलीलाई केही राहत दिएको छ । उनले पाँचौं सतक प्रहार गरेका मात्र छैनन् आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडी पनि उनी नै हुन् । 

हारले कोलकातालाई सजिलै प्लेअफ पुग्ने लक्षण आएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ