arrow

सन्दीप लामिछानेको चिन्ता उस्तै

logo
प्रकाशित २०७६ वैशाख ७ शनिबार
delhi3.jpg

काठमाडौं । शनिबार राति फेरि आइपीएल क्रिकेट अन्तर्गत नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेको खेल छ । सन्दीपको दिल्ली क्यापिटल्सले किंगस ११ पंजाबसंग घरेलु मैदान दिल्लीमै खेल्दैछ । 

१० अंकबाट तेस्रो स्थानमा रहेको दिल्लीले प्लेअफमा स्थान बनाउन जित बाहेक अरु सोच्ने छैन । प्रीति जिन्टाको पंजाब पनि १० अंकबाट चौथो स्थानमा छ । 

प्लेअफका लागि तयार रहेका दुई मध्ये एक टिमले यो खेलबाट दुई अंकको अग्रता बनाउँदै अगाडि लाग्नेछ । तसर्थ दुवै टिमका लागि जित महत्वपूर्ण छ । 

सन्दीपको चिन्ता उस्तै 
सन्दीप लामिछानेले पछिल्ला तीन खेल खेल्न पाएका छैनन् । सुरुवाती दुई खेलपछि लगातार चार खेल खेल्न पाएका सन्दीपले त्यसपछि प्रतिक्षामात्र गरिरहेका छन् । 

उनलाई खेलाउने सम्भावना यो खेलमा देखिन्छ । घरेलु मैदानमा स्पिन बलरले राम्रो सफलता हासिल गर्दै आएका छन् । 

तर अमित मिश्राले पनि पछिल्ला खेलमा राम्रो प्रदर्शन गरिरहेकाले उनलाई विस्थापित गर्न सन्दीपलाई मुस्किल पर्ने देखिन्छ । 

शनिबारको पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्दै छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ