arrow

१९५७ को चुनावमा बिहारले सिकाएको 'बुथ क्याप्चरिङ्ग', जुन अहिले पूरै भारतमा फैलियो 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ वैशाख ७ शनिबार
booth-capturing.jpg

नयाँ दिल्ली । पहिलो लोकसभाले आफ्नो कार्यकाल पूरा गरेर १९५७ मा भारत दोस्रो चुनावको तयारीमा थियो । तत्कालीन प्रधानमन्त्री पण्डित जवाहर लाल नेहरूको नेतृत्वमा कांग्रेसले एकपटक फेरि प्रचण्ड बहुमतले जीत हाँसिल गर्दै सरकार बनायो । कांग्रेसले कूल ४९४ सीटहरुमध्ये ३७१ मा जीत हाँसिल गरेका छन् । यो चुनाव कैयौं तरिकाले विषेश रह्यो। भारतीय जनता पार्टीका नेता अटल बिहारी वाजपेयी पहिलो पटक सोही चुनावबाट संसदमा पुगेका थिए। पहिलो पटक यसै साल बुथ क्याप्चरिङको घटना समेत घट्यो। 

साढे ३ महिनासम्म चलेको भोटिङ्ग प्रक्रिया 
दोस्रो आम चुनाव १९५७ मा २४ फेब्रुअरीदेखि ९ जूनसम्म करीब साढे ३ महिनासम्म चलेको थियो। पहिले आम चुनावमा सीटको कूल संख्या ४८९ थियो, जो दोस्रो आम चुनावमा बढेर ४९४ पुगेको थियो । कूल रजिस्टर्ड भोटरहरुमा ४५.४४ प्रतिशतले आफ्नो मताधिकारको प्रयोग गरेका थिए । 

४ राष्ट्रिय दलहरु समेत १५ साना-ठूला दलहरुबीच प्रतिस्पर्धा
दोस्रो आम चुनावमा ४ राष्ट्रिय दलहरु- भारतीय राष्ट्रिय कांग्रेस, कम्युनिस्ट पार्टी अफ इण्डिया, भारतीय जन संघ (अहिलेको बीजेपी) र प्रजा सोशलिस्ट पार्टीले हिस्सा लिएका थिए । यसको अलावा ११ राज्यस्तरको पार्टीले देशको अलग-अलग हिस्सामा आफ्नो उम्मेदवार उठाएको थियो । यसपटक समेत ठूलो ठूलो संख्यामा निर्दलीय उम्मेदवारहरुले चुनावी मैदानमा भाग लिएका छन् । 

लोकसभा चुनावसँग जोडिएको रोचक कुरा 
स्वतन्त्रतापछि भारत अप्रिल २०१९ मा १७ ‌औं लोकसभा चुनावको साक्षी बनेको छ । पछिल्लो १६ औं आम चुनावमा देश र चुनावको तरिकामा केही बदलाव आएको छ । अहिलेसम्म चुनावहरुद्वारा जोडिएको १० रोचक जानकारी यहाँ उल्लेख गरिएको छ । आजका दुई ठूला राष्ट्रिय दलहरु बीजेपी र कांग्रेसका चुनाव चिह्न ३ पटक बदलिइसकेको छ। बीजेपीको पहिलो जनसंघको नामले चिनिन्थ्यो । जसको १९७७ मा जनता पार्टीमा विलय भयो । पछि १९८० मा जनसंघका नेताहरुले सोही पार्टीलाई बीजेपी बनाए । 

२०१९ को लोकसभा चुनावमा कूल खर्च ५० हजार करोड (अनुमान) गरिएको छ । यूएस चुनाव (२०१६) मा ४२ हजार करोड खर्च गरिएको थियो । जुन पछि यो चुनाव सबैभन्दा महंगो हो । २०१९ को लोकसभा चुनावमा ३० हजार करोड खर्च भएको थियो । 

पहिलेको चुनावको रुपमा यसपटक बहुप्रतिनिधिवाला सीट 
दोस्रो आम चुनावमा कूल ४०३ संसदीय सीटहरुसँग लोकसभाको कुल ४९४ सांसदहरुलाई चुनिएको थियो । ९१ संसदीय क्षेत्र यस्तो थियो । जहाँबाट २ सांसद चुनिएका थिए । एक सामान्य वर्गको र दोस्रो एससी-एसटी समुदायको । ३१२ संसदीय क्षेत्रमा एकमात्र सांसदहरु चुनिएका थिए । यही आम चुनावपछि एक संसदीय क्षेत्रबाट २ प्रतिनिधिहरु छान्ने प्रावधान हटाइएको छ । 

पहिलो पटकको चुनावमा बुथ क्याप्चरिङ्ग 
दोस्रो आम चुनावको दौरान नै देश पहली पटक बुथ क्याप्चरिङ जस्तो घटनाको साक्षी बनेको थियो । यो घटना बिहारको बेगूसराय जिल्लामा रहेको रचियारी गाउँमा  भएको थियो । यहाँको कछारी टोला बूथमा स्थानीय लोगहरुले कब्जा गरेका थिए । त्यसपछि हरेक चुनावहरुमा बुथ क्याप्चरिङ्गको घटनाहरु घट्न थाले । खासगरी बिहारमा जहाँ राजनीतिक पार्टीहरु यसको लागि माफियासम्मको साहारा लिन लागे । अहिले यो रोग सिंगो भारतभरी फैलिएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ