arrow

भारतका ६० प्रतिशत कम्पनीमा साइबर आक्रमणको जोखिम 

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख ७ शनिबार
cyber-crime.jpeg

काठमाडौं । भारतमा करीब ६० कम्पनीमा साइबर आक्रमणको डर रहेको एक प्रतिवेदनले देखाएको छ । एक्सचेन्जरको पछिल्लो प्रतिवेदनमा साइबर सुरक्षामा उक्त कम्पनीमा साइबरका कारण इन्टरनेट अस्थिर बन्दै गएको बताएका छन् । 

यो जानकारीअनुसार करीब ७७ प्रतिशत मानिस साइबर सुरक्षा कमजोर भएसँगै डिजिटल अर्थतन्त्रको विकास हुन नसक्ने बताएका छन् । प्रतिवेदनमा साइबर आक्रमणको कारण विश्वभरमा आगामी पाँच महिनामा ५२ खर्ब डलर नोक्सानीश हुनसक्ने बताइएको छ ।  

अहिलेको इन्टरनेट सुरक्षा साइबर अपराधीलाई रोक्नसक्ने किसिमको नरहेको बताइएको छ । यो प्रतिवेदन विश्वभरका १७ सय सीईओको साथमा वार्ताको आधारमा तयार पारिएको हो । यसमा भारतका १ सय प्रतिनिधि सहभागी थिए । 

भारतमा सर्वेक्षणमा भाग लिने ६० प्रतिशतले साइबर सुरक्षाको लागि अलग अलग संस्था, कम्पनीले मिलेर काम गर्नुपर्ने बताएका थिए । कुनै एक कम्पनीको सहयोगमा यस्तो काम गर्नु अम्भव नहुने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ