arrow

विभिन्न कम्पनीका साधारण शेयर बिक्री हुँदै

logo
रासस,
प्रकाशित २०७६ वैशाख ७ शनिबार
IPO_SHare.jpg

काठमाडौं। पछिल्ला दिनमा साधारण शेयर बिक्री गर्नेक्रम एकपछि अर्को गर्दै बढिरहेको छ। शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणलाई साधारण शेयर बिक्री शुरु गरेको छ। 

जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर ती आयोजनाले कूल चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने करीब रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेका हुन्। यस्तै आइतबारदेखि नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले रु एक करोड ६१ लाख ७७ हजार ८०० बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ। नेपाल एग्रोले चुक्तापूँजीको ३२.५ प्रतिशतले दरले हुन आउने बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो। सो संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत चैत १८ गते साधारण शेयर बिक्रीका लागि स्वीकृति पाएको हो।

यस्तै गणपति माइक्रोफाइनान्सले सोमबार रु तीन करोड ३५ लाख बराबरको तीन लाख ३५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ। गणपतिले चुक्ता पूँजीको ३२.३७ प्रतिशत बराबरले हुन आउने साधारण शेयर बिक्री गर्न लागेको हो। बोर्डबाट सो संस्थाले गत चैत ८ गते शेयर बिक्रीका लागि अनुमति पाएको हो। यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाले रु दुई करोड ५० लाख बराबरको दुई लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। सो संस्थाले गत चैत २६ गते शेयर बिक्रीका लागि स्वीकृति पाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ