arrow

सन्दीप लामिछाने तीन खेलपछि आए सशक्त आए, गेललाई पारे फेल

पाँच खेल आठ विकेट, पन्जाबविरुद्ध एकै खेलमा तीन विकेट 

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
sandeep-delhi1.jpg

काठमाडौं । भारतमा भइरहेको आईपीएल टी–२० क्रिकेटमा सन्दीप लामिछाने सम्लिलित दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलेलाई ५ विकेटले पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा सन्दीप पनि सशक्त भएर टिममा फर्केका छन् । घरेलु मैदान दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । 

दिल्लीको जितमा कप्तान श्रेयस आयरले नटआउट ५८ रन बनाए भने शिखर धवनले ५६ रन बनाए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ७ विकेटको नोक्सानीमा १६३ रन बनाएको थियो ।

क्रिस गेलले आक्रामक खेल्दै ३७ बलमा ६९ रन बनाए । मन्दिप सिंहले ३० रन बनाए ।

सन्दीपले ३ विकेट तथा कागीसो राबडा र अक्षर पटेलले २–२ विकेट लिए । 

सन्दीप तीन खेलपछि आए सशक्त आए, गेललाई पारे फेल
सन्दीपले फेरि खेल्न पाउलान् कि नपाउलान् भन्ने आशंका थियो । तर दिल्लीबाट राम्रो स्पिनरको विकल्पमा सन्दीपलाई नै हेरियो । 

सुरुआती दुई खेलपछि लगातार चार खेल खेले । ४ खेलमा ५ विकेट लिए । रनमा पिटिए । त्यसपछि तीन खेल खेल्न पाएनन् । 

तर फेरि आएपछि विकेट पनि चट्काए । क्रिस गेलले उनीमाथि खुवै रन लिए । अन्त्यमा तिनै गेलको विकेट सन्दीपले लिए । 

उनले आफ्नो पहिलो ओभरमै लोकेश राहुललाई आउट गरे । त्यसपछि एकै ओभरमा उनले गेल र साम कुरानलाई आउट गरे । 

सन्दीपले ४० रन खर्चेका थिए । तर १० डट बल पनि फ्यालेका थिए । सम्भवतः महंगा नभएका भए म्यान अफ दि म्याच हुन सक्थे । 

अंक तालिका 

लिगमा डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगसले ९ खेलबाट १४ अंक बटुल्दै शिर्ष स्थानलाई कायम राखेको छ । 

१० खेलेको मुम्बई इन्डियन्सले १० खेलबाट १२ अंक बटुल्दै दोस्रो स्थानमा कायमै छ । मुम्बई शनिबार बेलुकी राजस्थान रोयल्ससंग हार खान पुग्यो । 
दिल्ली १० खेलबाट १२ अंकसहित तेस्रो स्थानमा छ । चौंथो स्थानको पन्जाबले १० खेलबाट १० अंक जोडेको छ ।


पाँचौं स्थानको सनराइजर्स हैदराबादको ८ खेलबाट ८ अंक छ । ९ खेलबाट ८ अंककै कोलकाता नाइट राइडर्स छैटौं स्थानमा छ । 

सातौं स्थानको राजस्थान रोयल्सको ६ अंक छ भने पुछारको रोयल च्यालेन्जर्स बैंगलोरको ४ अंक छ । 

आइतबारको खेल
आइतबार दुई खेल हुँदैछन् । अपरान्ह सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्ससंग खेल्दैछ । राति ८ः१५ बजे रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नाईसंग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ