arrow

श्रीलंकाका चर्च र होटलमा ठूलो विष्फोट, कम्तीमा ८० घाइते 

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख ८ आइतबार
srilanka-bomb.jpg

काठमाडौं । श्रीलंकामा आइतबार दुई चर्चमा विष्फोट गराइएको छ । इस्टर मनाउन ठूलो संख्यामा मानिसहरु चर्चमा पुगेको अवस्थामा उक्त विष्फोट गराइएको हो । 

कोलम्बो नेशनल प्रशासनले ८० जना मानिस यो आक्रमणमा परी घाइते भएको जानकारी दिएको हो । 

सञ्चारमाध्यमका अनुसार अहिलेसम्म मुलुकभरमा ६ विष्फोट भएको छ । एक विष्फोट कोलम्बोको कोछिकडे शहरस्थित सेन्ट एन्थनी चर्चमा भएको थियो । दोस्रो विष्फोट कटानाको कतुवपतियामा भएको थियो । आक्रमणमा परी ज्यान गुमाउनेको  विषयमा भने कुनै जानकारी दिइएको छैन । 

यसका साथै कोलम्बोका शांगरी ला होटल र किंग्सबरी होटलमा पनि विष्फोट भएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ