arrow

श्रीलंका विष्फोट : कम्तीमा २५ को मृत्यु, २ सय ८० भन्दा बढी घाइते (अपडेट)

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख ८ आइतबार
srilanka1.JPG

काठमाडौं । श्रीलंकामा भएको विष्फोटमा परी कम्तीमा २५ को ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यम डेलीमिररले उक्त विष्फोटमा परी कम्तीमा २५ जनाको ज्यान गएको बताएको हो । 

समाचारमा ७५ भन्दा बढी मानिस अहिले अस्पतालमा उपचार गराइरहेको उल्लेख गरेको छ । तर, भारतीय सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै २ सय ८० भन्दा बढी मानिस घाइते भएको उल्लेख गरेका छन् । 

स्रोतका अनुसार अहिले उद्धार कार्य जारी रहेको जानकारी दिएको छ । आइतवार इस्टरको अवसरमा चर्चमा ठूलो संख्यामा मानिसहरु भेला भएको अवस्थामा उक्त विष्फोट गराइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ