arrow

श्रीलंकामा आपतकालीन बैठक बोलाईयो, धेरै मानिस एकै ठाउँमा भेला नहुन प्रहरीको आग्रह 

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
shri_lanka_news.JPG

काठमाडौं । आईतबार श्रीलंकामा भएको बम विस्फोट पछि त्यहाँका प्रधानमन्त्रीले सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका छन् । आईतबार विहान २ वटा चर्च र विभिन्न स्थानमा रहेका होटलहरुमा भएको श्रृङ्खलाबद्ध बम विस्फोट पछि त्यहाँ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाईएको श्रीलंकाको स्थानीय सञ्चार संस्था डेल्ली मिररले जनाएको छ । 

सो बम विस्फोटमा परी अहिलेसम्म २५ जनाको ज्यान गईसकेको छ । डेल्ली मिररले सरकारका एक मन्त्री डा हर्ष दि शिल्भालाई उद्धृत गर्दै देशका विभिन्न स्थानमा बम विस्फोट भएपछि प्रधानमन्त्री रानिल विक्रमासिंघेले आपतकालीन सुरक्षा परिषद्को बैठक बोलाएको उल्लेख गरेको छ । 

‘अहिले गृहमन्त्री सचिव र म लगायतका सबै उच्च पदस्थ अधिकारीहरु कुोच्छीकाँडे चर्च नजिक छौं’ ती मन्त्रीले भने’ हामीहरु सांग्रिला होट र किङ्सबेरी होटलमा पनि पुगेर आईसकेका छौं । यसबाट विदेशीहरु समेत धेरैको हताहति भएको देखिएको छ ।’

यसैबीच श्रीलंका प्रहरीले एकैठाउँमा भेला भएर नबस्न स्थानीयहरुलाई आग्रह गरेको छ । प्रहरीले एक विज्ञप्ती जारी गर्दै आतंककारीको निशाना धेरै मानिस भएको तिर देखिएको भन्दै सबै एक ठाउँमा भेला भएर नबस्न भनेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ