arrow

श्रीलंका सरकारद्वारा सबै प्रहरी अधिकारीको विदा रद्द, मृतकको संख्या १२९ पुग्यो

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
shrilanka_blast.JPG

काठमाडौं । मुलुकमा अप्रत्यासित रुपमा भएको बम विस्फोट पछि श्रीलंका सरकारले सबै प्रहरी अधिकारीहरुको विदा रद्द गरेको छ । आईतबार राजधानी कोलम्बोका विभिन्न स्थानहरुमा भएको बम विस्फोट पछि त्यहाँका प्रधानमन्त्रीले सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका थियो । बैठकपछि सबै प्रहरी अधिकारीहरुलाई तत्कालै आ–आफ्नो खटाईएको ठाउँमा उपस्थित गराउने निर्णय भएको हो । आईतबार विहान २ वटा चर्च र विभिन्न स्थानमा रहेका होटलहरुमा भएको श्रृङ्खलाबद्ध बम विस्फोट पछि त्यहाँ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाईएको श्रीलंकाको स्थानीय सञ्चार संस्था डेल्ली मिररले जनाएको छ 

सो बम विस्फोटमा परी अहिलेसम्म १२९ जनाको ज्यान गएको एएफपीले जनाएको छ । डेल्ली मिररले सरकारका एक मन्त्री डा हर्ष दि शिल्भालाई उद्धृत गर्दै देशका विभिन्न स्थानमा बम विस्फोट भएपछि प्रधानमन्त्री रानिल विक्रमासिंघेले आपतकालीन सुरक्षा परिषद्को बैठक बोलाएको उल्लेख गरेको छ ।  ‘अहिले गृहमन्त्री सचिव र म लगायतका सबै उच्च पदस्थ अधिकारीहरु कुोच्छीकाँडे चर्च नजिक छौं’ ती मन्त्रीले भने’ हामीहरु सांग्रिला होट र किङ्सबेरी होटलमा पनि पुगेर आईसकेका छौं । यसबाट विदेशीहरु समेत धेरैको हताहति भएको देखिएको छ ।’

यसैबीच श्रीलंका प्रहरीले एकैठाउँमा भेला भएर नबस्न स्थानीयहरुलाई आग्रह गरेको छ । प्रहरीले एक विज्ञप्ती जारी गर्दै आतंककारीको निशाना धेरै मानिस भएको तिर देखिएको भन्दै सबै एक ठाउँमा भेला भएर नबस्न भनेको हो । 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ