arrow

करणको शोमा शहीद श्रीमतीमाथि टीप्पणी गर्ने हार्दिक पाण्डेय र केएल राहुललाई जरीवना

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
karan1.jpg

काठमाडौं । महिलाविरुद्ध गरिएको आपत्तिजनक  टीप्पणीमा भारतीय क्रिकेट टिमका खेलाडीहरु हार्दिक पाण्डेय र केएल राहुलमाथि जरीवाना सुनाइएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का डीके जैनले दुवै खेलाडीहरुलाई ड्यूटीमा ज्यान गमाएका अर्धसैनिक बलका १०  शहिद श्रीमतिलाई एक-एक लाख भारतीय रुपैयाँको दरले जरीवाना तिर्न भनेका हुन् ।

 साथै दृष्टिबिहिन क्रिकेट विकासको लागि बनाइएको फण्डमा १० -१० लाख रुपैयाँ जम्मा गर्न आदेश दिएका छन् ।

लोकपालले भने, " यदि दुवै खेलाडीले एक महिना भित्र जरीवनाको रकम जम‍्मा नगरे बोर्डले उनिहरुको खेलबाट रकम काट्नेछ । दुवै खलाडीहरुलाई अस्ट्रेलियबाट फिर्ता पठाइएको थियो । यसबाट उनिहरु बरिब ३० लाख कमाउनबाट चुकेका छन् ।"

 यसअघि हार्दिक पाण्डेय, केएल राहुल र फिल्मका निर्माता करण जोहरविरुद्ध भारतको एक लुणी प्रहरीचौकीमा मुदा दर्ता भएको थियो । करण जोहरको टक शो ‘कफी विद करण’मा महिलाविरुद्ध गरिएको टीप्पणीलाई लिएर मुद्दा दायर गरिएको थियो ।
 
 मुद्दालाई लिएर पाण्डेय र राहुललाई टिमबाट पनि निलम्बन गरिएको थियो । यद्यपि जाँच पूरा हुनेसमयसम्मका लागि भने निलम्बन हटाइएको थियो ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार उनीहरुले टेलिभिजन शोको क्रममा महिलामाथि अश्लील टिप्पणी गरेका थिए । साथै देशका महापुरुषको पनि अपमान गरेको बताइएको छ । यसमा भारतीय संविधान निर्माता डा. भीमराव अम्बेडकर पनि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ