arrow

श्रीलंकामा विस्फोटको क्रम रोकिएन, मृत्यु हुनेको संख्या १८० पुग्यो, करिब ५०० घाईते

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
shri_lanka_news1.JPG

काठमाडौं । बिहानैदेखि भएको श्रृङ्खलाबद्ध विस्फोटका कारण श्रीलंकाको राजधानी कोलम्बो तनावग्रस्त बनेको छ । लगातार ६ पटकसम्म भएको विस्फोट पछि शान्त हुने अपेक्षा राखिएपनि दिउँसो फेरि अर्काे हमला भएको छ । सातौं हमलासम्म एक सय ८० भन्दा बढी मानिसहरुको ज्यान गईसकेको छ भने ५ सय भन्दा बढी घाईते भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

यस अघि छैठौं विस्फोटसम्म श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमासिंहेले एक वक्तव्य जारी गर्दै करिब १०० जनाको ज्यान गएको र ३०० भन्दा बढी घाईते भएको उल्लेख गरेका थिए । उनले विज्ञप्ती जारी गरेपछि फेरि आतंककारी हमला भएको हो । 

त्यस्तै, रोयटर्सले तयार पारेको एक रिपोर्ट अनुसार श्रीलंकाको राजधानी कोलम्बो नजिकै सातौं विस्फोट दिउँसो साढे २ बजेतिर भएको हो । यस अघि प्रधानमन्त्रीले बोलाएको सुरक्षा परिषद्को बैठकले आईतबारको विस्फोटमा ज्यान गएकाहरुको शव उद्दारको लागि २०० सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ । अर्काे तर्फ सोही बैठकले सबै सुरक्षाकर्मीहरुको विदा रद्द गर्दै यथासक्य चाँडो आ–आफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन दिने निर्णय पनि गरेको छ । 

सातौं बम विस्फोट पछि ज्यान जानेको संख्या १८० नाघेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो आतंककारी हमलामा ५ सय भन्दा बढी घाईले भएको मिडिया रिपोर्टमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ