arrow

‘म मधेसको सच्चा कमाण्डर हुँ’

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत ५ शुक्रबार
rambaran-ops.jpg.jpeg
विराटनगर । पूर्व राष्ट्रपति डा.रामवरण यादवले संविधान संसोधान मार्फत मधेसका ९० प्रतिशत माग पूरा भई सकेको अवस्थामा अन्य मागलाई पनि राजनितिक सहमतिमार्फत चाडै टुंङग्याउन आग्रह गरेका छन् । नयाँ संविधानको पहिलो संसोधनले मधेसका कयौं माग पूरा गरेको छ बाँकी मागलाई पनि नयाँ संविधानको मर्म र भावना अनुसार राजनितिक सहमतिमा टुंङग्याउन सकिने यादवले बताए । 
 
विराटनगरका संचारकर्मीका लागि विराटनगरमा आयोजित चिया पान कार्यक्रममा पूर्व राष्ट्रिपति यादवले सीमाकंनका विषय मूख्य ठूला दलले मधेसवादीदलहरुलाई समेत विश्वासमा लिएर समस्या समाधान गर्नुपर्ने बताए ।  अहिलेको मूख्य विवादित विषय सीमांकन रहेकाले दलहरुको सहमतिमा विज्ञसहितको टोलीले दिएको प्रतिवेदनका आधारमा टुंग्याउदा उचित हुने धारणा राखे ।  
 
पूर्व राष्ट्रपति यादवले समस्या समाधान गर्न सरकारले सहिष्णुता देखाउनुपर्ने र मधेसवादी दलहरुले समेत अतिवादी सोचाई त्यागेर लोकतान्त्रिक विधी र पद्धतीलाई आत्मसाथ गरी अघि बढनुपर्ने बताए । यादवले मधेसलाई छुटै राज्य बनाउने भन्ने कुरा केही अतिवादी सोच भएका व्यक्तिहरुको भनाई मात्र भएको उल्लेख गरे । मधेसी र पहाडीबीचको सद्भाव खल्वल्याउन त्यस्ता कुरा आएकाले मुलुकलाई विखण्डनको दिशातर्फ अगाडी नलैजान सम्बन्धित व्यक्तिहरुलाई यादवले आग्रह समेत गरे । 
 
पूर्व राष्ट्रपति डा. यादवले आफु सच्चा मधेसको कमाण्डर भएको जिकिर गर्दै सच्चा मधेसी जनताले मधेसलाई छुटै राज्य घोषणागर्ने कुरा कल्पना समेत गर्न नसक्ने बताए । मधेस आन्दोलनको क्रममा  मुलुकमा ठुलो आर्थिक एवं भौतिक क्षति भएको भन्दै आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार र मधेसवादी दल संयमित हुन जरुरी रहेको डा. यादवको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ