arrow

आठौं विस्फोट पछि कोलम्बोमा सेना परिचालन, विद्यालय २ दिन बन्द

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
shri_lanka_news2.JPG

काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा भएको श्रृङ्खलाबद्ध आक्रमणमा झण्डै २ सय जनाको ज्यान गएपछि श्रीलंका सरकारले कोलम्बोमा सेना परिचालन गरेको छ । आईतबारदेखि भएको श्रृङ्खलाबद्ध आक्रमण नरोकिएपछि सरकारले कफ्र्यू आदेश जारी गर्दै सेना परिचालन गरेको श्रीलंकाका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

श्रीलंका सरकारले कर्फ्यू साँझ ६ बजेदेखि भोलि विहानसम्मको लागि आह्वान गरेको छ भने सेना परिचालन अनिश्चत कालको लागि परिचालन गरिएको छ । बिहानैदेखि भएको श्रृङ्खलाबद्ध विस्फोटका कारण ठूलो संख्यामा नागरिकहरुको हताहती भएपछि श्रीलंका सरकारले सेना परिचालन र कफ्र्यू आदेश जारी गरेको हो । 

साथैं श्रीलंका सरकारले सामाजिक सञ्जालमा पनि तत्कालको लागि प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जालमार्फत् अफवाह फैलिन सक्ने भन्दै श्रीलंका सरकारले अर्काे निर्णय नभएसम्मको लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको श्रीलंकाका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

श्रीलंकाको राजधानी कोलम्बो तनावग्रस्त बनेको छ । लगातार ६ पटकसम्म भएको विस्फोट पछि शान्त हुने अपेक्षा राखिएपनि दिउँसो फेरि अर्काे हमला भएको छ । सातौं हमलासम्म एक सय ८० भन्दा बढी मानिसहरुको ज्यान गईसकेको छ भने ५ सय भन्दा बढी घाईते भएको मिडिया रिपोर्टमा उल्लेख छ । केही बेर अघि मात्रै कोलम्बोमै आठौं बम विस्फोट भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ