arrow

धोनीको त्यो अन्तिम ओभर जहाँ जोडे २४ रन 

कोहलीले धोनीलाई एक रनले हराउँदा धोनीले जोडे नटआउट ८४

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
dhoni1.jpg

काठमाडौं । क्रिकेटमा एकै ओभरमा के हुन्छ भनी पत्तो हुन्न । आइतबार मध्यरात कटिसकेको थियो । अन्तिम ओभर बाँकी थियो । 

६ बलमा २६ रनको जरुरी । ५ बलमा २४ रन बनिसकेको थियो । अन्तिम बलमा जितका लागि दुई रन जरुरी । तर दौड्दा रनआउट । 

२४ रन प्रहार गर्ने खेलाडी थिए महेन्द्र सिंह धोनी । उनले हेलिकोप्टर सट हानिसकेका थिए । धोनी भएपछि असम्भव केही पनि लाग्दैन । 

रोयल च्यालेन्जर्स बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाई सुपर किंगसका कप्तान धोनीले अन्तिम ओभरमा देखाएको यो खेल प्रदर्शनले क्रिकेटमा असम्भव केही छैन भन्ने पनि देखाएको छ । 

त्यसैगरी क्रिकेटमा रोमाञ्चकता पनि हुन्छ भन्ने देखाएको छ । यति हुँदाहुँदै पनि धोनीले हार्न पुगे । विराट कोहलीले एक रनले जिते । 

चेन्नाईले बैंगलोरसंग बैंगलुरुमा भएको खेलमा एक रनको हार बेहोर्यो । 

आइपिएल क्रिकेटको शीर्ष स्थानमा रहेको चेन्नाई विरुद्ध बैंगलोरले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा १६१ रन बनायो । 

ओपनर पार्थिब पटेलले ३७ बलमा ५३ रन बनाए । जवाफमा धोनीले ४८ बलमा नटआउट ८४ रन बनाउँदा टिमले ८ विकेटको नोक्सानीमा १६० रन जोड्यो ।

अम्बाडी रायुडुले २९ र रविन्द्र जडेजाले ११ रन जोडे बाहेक चेन्नाईका अरु खेलाडीले डबल डिजिटको अंक पनि जोडेनन् । 

डेल स्टेन र उमेश यादवले २–२ विकेट लिए । 

यो रोमाञ्चक जितपछि पनि बैगलोर १० खेलबाट ६ अंकसहित पुछारमा छ । हारपछि पनि चेन्नाई १० खेलबाट १४ अंकसहित शीर्ष स्थानमा छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ