arrow

राहुल गान्धीको वैधताबारे फैसला 

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
rahul-gandhi.jpg

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीको उम्मेदवारी नामांकनको वैधताबारे सुनुवाई सोमबार हुँदैछ । 

बिहान१०ः३० बजे कलेक्ट्रेटस्थित नामांकन कक्षमा सुनुवाई हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

सुनुवाई सकिएपछि फैसला हुनेछ । राहुलले गत १० अप्रिलमा उम्मेदवारी पत्र दर्ता गराएका थिए । तर त्यसको जाँचका दौरान बहुजन मुक्ति पार्टीका अफजाल वारिस, निर्दलीय धु्रवलाल, सुरेश कुमार शुक्ल र सुरेश चन्द्र यादवले आफ्ना वकिलका माध्यमबाट लिखित आपत्ति जनाएका थिए । 

उनीहरुले राहुललाई अवैध घोषित गर्न माग गरेका थिए । चार आपत्तिकर्ताले राहुलको नागरिकता र उनको एमफिल पढेको सर्टिफिकेट लगायतमा प्रश्न खडा गर्दै निवेदन दिएका थिए । 

राहुलको नामांकन वैध होला वा अवैध होला भन्ने चासो अहिले मतदातामा छ । यदि उनको उम्मेदवारी खारेज भयो भने चलिरहेको चुनावमा कांग्रेस आईलाई ठूलो नोक्सान हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ