arrow

श्रीलंका विस्फोटमा नेशनल तौहीद जमातमाथि आशंका, उदयको ४ वर्षमै यस्तो धमाका !

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
srilanka-bomp-2019.jpg

कोलम्बो । श्रीलंकामा आइतबार चर्च र फाइव स्टार होटललाई निशाना बनाए गरिएको सिलसिलेवार ८ बम धमाकाले पूरा दुनियाँलाई त्रसित गरिदिएको छ । पुलिसले यस सिलसिलामा अहिलेसम्म १३ जनालाई गिरफ्तार गरिसकेको छ । अहिलेसम्म कुनैपनि संगठनले यो विस्फोटको जिम्मेवारी लिएको छैन । तर, यस हमलाको लागि श्रीलंकाको प्रहरीले एक स‌ंगठनमाथि भने आशंका गरेको छ । त्यहाँको चरमपन्थी इस्लामिक संगठन नेशनल तौहीद जमात (एनटीजे) माथि यसको आशंका गरिएको छ । के हो त एनटीजे ?  

कट्टरपन्थी इस्लामी संगठन 
एनटीजी (नेशनल तौहीद जमात) श्रीलंकाको एक चरमपन्थी इस्लामिक संगठन हो। यसलाई तौहीद-ए-जमातको नामबाट समेत जान्न सकिन्छ । यस संगठनमाथि श्रीलंकामा वहाबी विचारधारालाई बढाउने गरेको आरोप लागेको छ। यस संगठनको प्रभाव श्रीलंकाको पूर्वी प्रान्तहरुमा ज्यादा देखिएको छ । यो संगठन देशको कैयौं हिस्सामा महिलाहरुकालागि बुर्का र मस्जिदहरुको निर्माणका साथ शरीया कानूनलाई अघि बढाउन तर्फ केन्द्रीत हुने गरेको छ । 

आइएसआइएससँग जोडिएको थियो नाम 
यस संगठनको नाम पहिलो पटक २०१३ मा बाहिर आएको थियो। श्रीलंकाको तत्कालीन रक्षामन्त्रीले यस संगठनलाई लिएर चिन्ता जाहेर गरेका थिए । यस दौरान खुफिया एजेन्सीहरुले यस संगठनको आईएसआईएससँग सम्बन्ध भएको आरोप समेत लगाएका थिए । आईएसआईएसबाट प्रभावित मानिसहरु यस संगठनसँग जोडिएको कुरा समेत बाहिर आएको छ । यी हमलाहरुमा यस संगठनमाथि सबैभन्दा ज्यादा शंका हुनुको कारण पनि यही हो । 

२०१६मा पहिलो गिरफ्तारी 
यस संगठनका सचिव अब्दुल रैजिक आफ्नो भड्काऊ बयानपछि गिरफ्तारीमा परेका थिए । २०१४ मा नै अब्दुलले बौद्ध धर्मको विषयमा आपत्तिजनक बयान दिएका थिए । यस्तै यस्ता केही अन्य बयानहरुका कारण उनी विवादमा आएपछि अब्दुललाई २०१६ मा  श्रीलंका प्रहरीले पहिलो पटक गिरफ्तार गरेको थियो । २०१६ मा यस संगठनमाथि कैयौं इलाकाहरुमा हिंसा भड्काएको आरोप समेत लाग्ने गरेको थियो । 

शान्ति प्रिय मुस्लिमहरुले गरे विरोध 
२०१४ मा पीस लविङ्ग मुस्लिम्स इन श्रीलंकाले यस संगठनमाथि प्रतिबन्ध लगाउन माग गरेको थियो । यसको लागि उनले संयुक्त राष्ट्र, संयुक्त राष्ट्र मानवाधिकार, श्रीलंकाका राष्ट्रपति र अन्य कैयौं राजनीतिक दलहरुलाई समेत पत्र लेख्दै यस्तो माग गरेको थियो । यस संगठनले तर्क दिएको थियो कि तौहीद जमात देशमा असहिष्णुता फैलाउनेका साथ-साथ इस्लामिक आन्दोलनहरुमाथि दबाब पनि बढाउँदै आएको थियो । 

श्रीलंकाका स्थानीय सञ्चारमाध्यमहरुको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ