arrow

साढे २ दशकमा दक्षिण एशियामा ठूला ६ आतंककारी हमला, ११०० बढीको मृत्यु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ वैशाख ९ सोमबार
boom-blast.jpg

काठमाडौं। ईस्टरको दिन श्रीलंकाको चर्चमा प्रार्थना गरिरहेका मानिसहरुलाई यस्तो केही पनि जानकारी थिएन कि अबको केही समयमा ठूलो बम हमला हुनेवाला छ भन्ने । यस हमलामा अहिलेसम्म २५० भन्दा बढीको ज्यान भइसकेको छ। सयौ जना घाइते भएका छन्। आतंकवादी संगठन लिट्टेको पतनपछि पहिलो पटक श्रीलंकामा यति ठूलो हमला भएको हो । यस हमलाभन्दा पहिले दक्षिण एशियाका विभिन्न देशहरु अन्य आतंककारी हमलाको शिकार भइसकेका छन् । उनमा केही ठूला हमलाहरुको बारेमा हामी यहाँ उल्लेख गर्ने तयारीमा छौं । 

पल्लियागोडेला हत्याकाण्ड : १७३ को मृत्यु, ८३ घाइते (१९९२) 
कुरा त्यो दिनको हो जुन दिन श्रीलंकामा प्रभाकरणको संगठन लिट्टे मजबूत थियो । भनिन्छ कि यो एउटा यस्तो एक्लो आतंककारी संगठन हो कि जसको आफ्नै जल, वायु र हवाई 'सेना' थिए । यस संगठनले श्रीलंकाको पोलानवार्वा जिल्लामा मुसलमानहरुको गाउँमा हमला गर्यो ।२ सयदेखि ३ सय जनासम्म लिट्टेका सदस्यहरुद्वारा गरिएको यस हमलामा १७२ मानिसको ज्यान गएको थियो । जसमध्ये १७१ मुसलमान थिए । 

इण्डोनेशिया : २०२ जनाको मृत्यु (२००२) 
सन् २००२ को १२ अक्टोबरका दिन बालीको एक बीच (कूटा) मा सुसाइड अट्‍याक भएको थियो । यो इण्डोनेशियाको इतिहासमा अहिलेसम्म सबैभन्दा भयानक आतंककारी हमला मानिएको छ । इसमा २०२ मानिसको मृत्यु भएको थियो । त्यहीँ २५० भन्दा ज्यादा मानिस घाइते भएका थिए । जेमाह इस्लामिया नामका एक चरमपन्थी ग्रुपलाई यसको जिम्मेदार बताइएको थियो । संगठनसँग सम्बन्धित तीन मानिसहरुलाई मृत्युको सजाय समेत तोकिएको थियो। 

मुम्बई ट्रेन ब्लास्ट: १८७ को मृत्यु, ७०० भन्दा बढी घाइते  
११ जुलाई २००६ को दिन मुम्बमा भएको ब्लास्टलाई मुम्बइका साथ-साथ देशको कसैले पनि भुल्न सक्दैनन् । यस दिन माटुंगा, माहिम, बांद्रा, खार सबवे, जोगेश्वरी, बोरीवली, मीरा रोडमा कूल ७ ठाउँमा विस्फोट भएको थियो। यसमा १८७ मानिसको ज्यान गएको थियो भने ७ सय भन्दा बढी घाइते भएका थिए । यस हमलामा १२ जनालाई दोषी ठहर गरिएको थियो । 

मुम्बई आतंककारी हमला : १७४ को मृत्यु, ३०० भन्दा धेरै घाइते (२०११) 
भारतको इतिहासमा नोभेम्बर २६ को दिन मुम्बई हमलामा सबैभन्दा ठूलो भयावह आतंककारी हमला मानिन्छ । जसले धेरैको मुटु नै कपाईदिएको थियो । लश्कर ए तैयबाका १० आतंककारीहरुले यस्तो हर्कत गरेका थिए । उनीहरु समुद्रको बाटो हुँदै भारतमा आएका थिए । यहाँ आएर उनीहरु सबै अलग-अलग गुटमा बाँडिएका थिए । उनीहरुले आफ्नो आफ्नो सेट टारगेटमाथि हमला गरे । यिनीहरुले छत्रपति शिवाजी टर्मिनस, ताज होटल आदिलाई निशानामा लिएका थिए । आतंककारी मार्नेको लागि ४ दिनसम्म अपरेशन चलाएको थियो । 

पाकिस्तान : १३२ बच्चाको मृत्यु, २४५ भन्दा ज्यादा घाइते (२०१४) 
१७ डिसेम्बर २०१४ लाई पाकिस्तानको पेशावरमा यो हमला भएको थियो । आर्मी स्कूलमा भएको यो हमलामा कूल १४१ मानिस मारिएका थिए । जसमध्ये १३२ स्कूल बच्चाहरु थिए । बाँकी ९ मानिस स्टाफ थिए ।  आतंककारी संगठन तहरीक-ए-तालिबानले हमलाको जिम्मेवारी लिएको थियो । सोही समयमा पाकिस्तानी सेनाले ६ आतंककारीहरुलाई मारेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ