arrow

विश्वकप क्रिकेट २०१९का प्रमुख खेलाडीहरु

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
Cricket-Worldcup19.png

काठमाडौं । अबको करिब महिना दिनमा क्रिकेटको विश्वकप शुरु हुँदैछ । यो प्रतियोगितामा १० मुलुकले भाग लिनेछन् । यो विश्वकप इंगल्याण्ड र वेल्समा हुँदैछ । यो प्रतियोगितामा ४८ ओटा खेल हुनेछन् । यो प्रतियोगिता मे ३० बाट शुरु भई जुलाई १४ मा सकिनेछ ।

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको विश्वकप ५०-५० ओभरको हुनेछ। प्रतियोगिता राउण्ड रोबिन (सबै टोलीले एक अर्कासँग खेल्ने ) आधारमा हुनेछ। पहिलो ४ टोलीले सेमीफाईनल प्रवेश गर्नेछन् र यसरी नै सेमिफाईनल बिजयी टोली बिच फाईनल खेल हुनेछ।

त्यसका लागि अहिलेसम्म वेस्ट इन्डिजबाहेक सबै टोलीले भने आफ्नो स्वाड घोषणा गरिसकेका छन् । कुन मुलुकले यसपटकको विश्वकपका लागि कस्तो टोली छानेका छन् त ?

१. न्युजिल्याण्ड न्युजिल्याण्डको तर्फबाट यसपटकको विश्वकपमा केन विलियम्सनले कप्तानको जिम्मेवारी सम्हाल्नेछन् । यो टोलीमा मार्टिन गुप्टिल, रोस टेलर, जेम्स निशाम, कोलिन मुनरो, टिम साउटी, ट्रेन्ट बोल्टजस्ता महत्वपूर्ण खेलाडी छन् ।

२. अष्ट्रेलिया पाँचपटक विश्वकपको उपाधि जितिसकेको अष्ट्रेलियाका लागि यसपटकको विश्वकपमा आरोन फिन्चले कप्तानी गर्नेछन् । विश्वकपमा डेभिड वार्नर, स्टिभ स्मिथ, उस्मान ख्वाजा, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, एडम जाम्पाजस्ता खेलाडीले सहभागिता जनाउनेछन् ।

३. भारत यसपटकको विश्वकपका लागि भारतको तर्फबाट विराट कोहलीले कप्तानको भूमिका निर्वाह गर्नेछन् । दुईपटकको विश्वकप विजेता टोलीबाट यो विश्वकपमा रोहित शर्मा, शिखर धवन, रवीन्द्र जडेजा, महेन्द्रसिंह धोनी, जसप्रीत बुमराजस्ता खेलाडीले खेल्दैछन् ।

४. बंगलादेश यो विश्वकपमा बंगलादेशको नेतृत्व मसरफे मोर्ताजाले गर्नेछन् । टोलीमा तामिम इक्वाल, सौम्य सरकार, साकिब अल हसन, मोहमदुल्लाह, मुस्फिकर रहिम, मुस्ताफिजुर रहमानजस्ता खेलाडी छन् ।

५. इंगल्याण्ड यसपटक आयोजक इंगल्याण्डको कप्तानी इयोन मोर्गानले गर्नेछन् । टोलीमा जो रुट, एलेक्स हल्स, मोइल अली, जोस बटलर, लियाम प्लङकिटजस्ता खेलाडी छन् । क्रिकेटको शुरुवात बेलायतबाट भए पनि इंगल्याण्डले अहिलेसम्म एकदिवसीय क्रिकेटको विश्वकप जित्न सकेको छैन ।

६. श्रीलंका श्रीलंकाको लागि यो विश्वकपमा दिमुथ करुणरत्नेले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । टोलीमा एन्जेलो म्याथ्युज, थिसारा परेरा, कुशल परेरा, सुरङ्गा लकमालजस्ता खेलाडी छन् ।

७. दक्षिण अफ्रिका दक्षिण अफ्रिकाको कप्तानी विश्वकपमा फाफ डु प्लेसिसले गर्नेछन् । टोलीमा हासिम अमला, डेभिड मिलर, जेपी डुमुनी, क्विन्टन डि कक, कागिसो रबाडा, इमरान ताहिरजस्ता खेलाडी छन् ।

८. पाकिस्तान यो विश्वकपमा पाकिस्तानको नेतृत्व सरफराज अहमदले गर्नेछन् । टोलीमा मोहम्मद हाफिज, सोएब मलिक, बाबर अजाम, ह्यारिस सोहिल, हसन अलीजस्ता खेलाडी छन् ।

९. अफगानिस्तान अफगानिस्तानको कप्तानी गुलाबदिन नाइबले गर्नेछन् । टोलीमा असगर अफगान, सामुल्लाह सेनवारी, मोहम्मद नाबी, मोहम्मद सेजाद, रासिद खान, दवलत जद्रानजस्ता खेलाडी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ