arrow

भारतमा तेस्रो चरणको चुनाव : भाजपा र काँग्रेस अध्यक्षको भाग्य फैसला

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
Rahul-amit-india-election.jpg

नयाँ दिल्ली । लोकसभा चुनावको तेस्रो चरणमा भोलि यानी २३ अप्रिलमा १३ राज्य र २ केन्द्र शासित प्रदेशहरुको ११६ लोकसभा सीटहरुमा चुनाव हुँदैछ । पहिलो चरणमा २० राज्यको ९१ सीट, दोस्रो चरणमा १२ राज्यको ९५ सीटमा चुनाव भइसकेको छ ।

पहिलो चरणमा कूल १७ प्रतिशत सीटमा र दोस्रो चरणमा १८ प्रतिशत सीटहरुमा भोटिङ्ग भएको थियो । २३ अप्रिलमा लोकसभा चुनावको २१ दशमलव ३६ प्रतिशत सीटका लागि चुनाव हुने भएको छ । अब टोटल ५४३ सीटहरुमध्ये ५६ दशमलव ३६ प्रतिशत उम्मेदवारहरुको भाग्य चुनावको भोटिङ मेसिनमा कैद गरिएको छ ।

तेस्रो चरणको ११६ सीटमा महत्वपूर्ण उम्मेदवारहरुको भाग्य फैसला हुन लाग्दैछ । त्यसमा बीजेपी अध्यक्ष अमित शाह गुजरातको गान्धीनगर बाट, कांग्रेस अध्यक्ष राहुल गान्धी केरलको वायनाडबाट, समाजवादी पार्टीका नेता मुलायम सिंह यादव उत्तर प्रदेशको मैनपुरीबाट, जया प्रदा र आजम खान यूपीको रामपुरबाट चुनाव लडेका छन् । यसपटक लोकसभा चुनावमा सात चरणमा भोटिङ्गहुँदैछ । अन्तिम चरणको रुपमा १९ मे मा चुनाव हुँदैछ । यसको २३ मे मा नतिजा आउने छ ।

तेस्रो चरणका महत्वपूर्ण कुराहरु

तेस्रो चरणमा गुजरात (२६), केरल (२०), गोवा (२), दादरा नागर हवेली (१) र दमन दीव (१) राज्यमा चुनाव हुँदैछ । जसको सबै लोकसभा सीटहरुमा एकैसाथ चुनाव हुँदैछ । तीसरे चरणमा चुनाव हुने ११६ सीटहरुमा कूल १६२२ उम्मेदवार चुनावी मैदानमा छन् ।

यो १६२२ उम्मेदवारहरुमा महिलाहरुको आँकडा १४४ मात्रै छ । यस चरणमा अघिल्लो लोकसभा चुनावमा साढे ६८ प्रतिशत भोटिङ भएको थियो । यी सिटहरुमध्ये अघिल्लो लोकसभा चुनावमा सबैभन्दा धेरै सीट भाजपाले ६२ सिट जितेको थियो भने दोस्रोमा काँग्रेसले १६ सिट जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ