arrow

सन्दीप लामिछाने नखेलेपछि दिल्लीका बलरहरु फ्लप, ब्याट्सम्यानले जिताए 

दिल्ली पुग्यो शीर्ष स्थानमा, झर्यो चेन्नाई

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
delhi4.jpg

काठमाडौं । नेपाली स्पीन बलर सन्दीप लामिछाने नखेलेको खेलमा दिल्ली क्यापिटल्सले विजय हासिल गरेको छ । 

भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा सोमबार रातिको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई उसकै मैदान जयपुरमा ६ विकेटले पराजित गरेको छ । 

१९२ रनको विजयी लक्ष्य दिल्लीले १९.२ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । 

रिसभ पन्तले ३६ बलमा ४ छक्का र ६ चौकाको मद्धतले नटआउट ७८ रन बनाए । त्यसैगरी शिखर धवनले २७ बलमा ५४ तथा पृथ्वी शाले ३९ बलमा ४२ रन बनाए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले अजिन्क्या रहानेको सेन्चुरीको मद्धतले ६ विकेटको नोक्सानीमा १९१ रन बनाएको थियो । 

रहानेले ६३ बलमा नटआउट १०५ रन बनाए । त्यसैगरी कप्तान ड्यारेन स्मिथले ३२ बलमा ५० रन बनाए । 

कागिसो रबाडाले २ विकेट लिए भने अक्षर पटेल र क्रिस मोरिसले १–१ विकेट लिए । 

सन्दीप लामिछानेको स्थानमा आएका मोरिसले ४१ बल खर्चेर १ विकेटमात्र लिएका हुन् । 

यसअघिको खेलमा सन्दीपले किंगस ११ पंजाब विरुद्ध ३ विकेट लिए पनि यसपटक राजस्थान विरुद्ध टिममा पर्न सकेनन् । 

यो जितले दिल्ली क्यापिटल्स ११ खेलबाट १४ अंक बटुल्दै अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । 

चेन्नाई सुपर किंगस १० खेलबाट १४ अंकसहित दोस्रो स्थानमा झरेको छ । 

राजस्थानको १० खेलबाट ६ अंक छ । रोयल च्यालेन्जर्स बैंगलोरको पनि १० खेलबाट ६ अंक छ । यी दुवै टिमको प्लेअफ पुग्ने सम्भावना लगभग सकिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ