arrow

सुरुको २४ मिनेटमा चार गोल बाँकी समय रित्तै

चेल्सी पुग्यो शीर्ष चारमा, आर्सनल धकेलियो पछाडि

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
chelsea-burnley.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा पूर्व विजेता चेल्सी अंक तालिकाको शीर्ष चारमा पर्न सफल भएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सोमबार रातिको खेलमा कमजोर टिम बर्नलीसंग २–२ गोलको बराबरीमा चित्त बुझाए पनि शीर्ष चारमा पुग्न सफल भएको हो । 

French star N'Golo Kante (centre) drew Chelsea level with his fifth goal of the season in all competitions on eight minutes

खेलमा चेल्सी आठौं मिनेटमा पछाडि पर्यो । जेफ हेन्डरिकले गोल गर्दै बर्नलीलाई सुरुवाती अग्रता दिलाए । ईडेन हजार्डको पासलाई सदुपयोग गर्दै एन्गोलो कान्टेले १२ औं मिनेटमा चेल्सीलाई बराबरीमा ल्याए ।

Chelsea loanee Gonzalo Higuain put his side 2-1 up before celebrating by placing his hands together while smiling widely

त्यसको ६ मिनेटमै गोन्जालो हिग्विनले घरेलु टोलीलाई २–१ ले अग्रता दिलाए । तर २४ औं मिनेटमा एस्ले बार्नेसले गोल गर्दै खेल बराबरीमा ल्याए । बाँकी रहेको समयमा कुनै पनि टिमले गोल गरेनन् र खेल बराबरीमा टुंगियो । 

But the goal-fest continued when Burnley made it 2-2 on 24 minutes thanks to 29-year-old frontman Ashley Barnes (right)

यो खेलपछि चौथो स्थानको चेल्सीले ३५ खेलबाट ६७ अंक जोड्यो । समान अंक भएपनि गोल अन्तरका आधारमा टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ । आर्सनल ६६ अंकसहित पाँचौ स्थानमा झरेको छ । 

Ireland international Hendrick slid on his knees to celebrate scoring his third Premier League goal of the season for Burnley

म्यान्चेस्टर युनाइटेड ६४ अंकसहित छैटौं स्थानमा छ । शीर्ष स्थानका लागि म्यान्चेस्टर सिटी र लिभरपुलबीच टक्कर छ । एक टिमको हारले उपाधि नै खोसिने पक्का छ । 

Burnley players mobbed Hendrick as the visitors celebrated their opener in front of disappointed Chelsea supporters

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ