arrow

पुस्तक व्यवसायी र विद्यालयको मिलोमतोमा ब्रह्मलुट

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख १० मंगलबार
School-students.jpg.jpeg

जनकपुरधम। मैथिलीमा एउटा उखान छ "एक त करैला अपने तित तै पर स चैइढगेल नीम" अर्थात एक त करैला आफै तितो हुन्छ, त्यसमा पनि नीमको रुखमा लत्रीएको  चरितार्थ  भएको छ पुस्तक प्रकाशक र निजी विद्यालयहरुको सन्दर्भमा । त्यसै अन्य किताबको तुलनामा बोडिङ्ग स्कुलको किताब महँगो हुन्छ ।

२०७३ मा कायम गरिएको मूल्यसूची अनुसार प्रतिपेज एक कलर १ रुपैयाँ १० पैसा, दुई कलरको १ रुपैयाँ २५ पैसा र बहुकलरको १ रुपैयाँ ४५ पैसाको दरले बिक्री वितरण गर्नुपर्ने हो । तर अर्कोतिर किताब पसले र बोडिङ्ग  स्कुलको प्रिन्सिपलहरु मिलेर दलालीको खेल गर्दै आएका छन् । त्यसैले अभिभावकहरु थप मर्कामा पर्दै छन । यस वर्ष पुस्तक खरिदमा अभिभावकलाई छुट नदिने निर्णय गरिएको छ ।

प्रकाशन गृहले पुस्तक पसलहरुलाई दिदै आएको नाफा प्रतिशत कम गरेर प्रत्यक्ष रुपमै विद्यालय संचालकहरु मिलेर सो नाफा विद्यालयलाई नै उपलब्ध गराउने गरेका छन । आफ्नो प्रकाशनको पुस्तक लगाउन प्रकाशन गृहहरुले विद्यालय संचालकहरुलाइ महँगा उपहार समेत दिने गरेका छन ।

जनकपुरधाममा संचालित दुई चार विद्यालय वाहेक सबै बोर्डिङ स्कुलका प्रिन्सिपलहरु सम्बन्धित प्रकाशनहरुसँग आर्थिक लेनदेन गरेर गुणस्तरहीन पुस्तकको सिलेवशरु सामिल गरेका छन्  । सो पुस्तकको मुल्य स्तरीय पुस्तकका तुलनामा मनमानी ढंगबाट बढी राखिएको हुन्छ । पुस्तक सलेवसमा सामिल गराएमा पसलेले मोटो रकम दिदै आएको स्रोतको दाबी रहेका छन ।

पुस्तक कुनै विशेष पसल मात्र पाउने र उपभोक्ताहरु वाध्य भएर आफ्नो गर्द्न कटाउन सोही पसलमा जानुपर्ने बाध्य हुन्छन ।  केही रकमको लोभमा प्रिन्सिपलहरु पसलेसँग मिलेर अभिभावकको घाँटी रेतीदै छ, जनकपुरधाममा प्रत्येक वर्ष शैक्षिक सत्रको शुरुमा किताब पसले र प्रिन्सिपल बिच लाखौ रकम हेराफेरी भैरहेको एक पुस्तक व्यवसायी नाम न खोलिने सर्त मा बताए ।

शहरमा मात्रै हैन गाउघर मा पनि संचालित बोर्डिङ स्कुलका प्रिन्सिपलहरु पनि सो रकम चलखेल गर्दै आइरहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ