arrow

“कम्बोडियाको बाघ” उपनाम पाएका पूर्व राष्ट्रपति लीको निधन

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
le-duc-anh.jpg

हनोई ।  भियतनामका पूर्व राष्ट्रपति जनरल ली डक आन्हको ९९ वर्षको उमेरमा सोमबार निधन भएको छ । जनरल लीको नेतृत्वमा कम्बोडियामाथि सन् १९७८ मा भएको आक्रमणकै कारण विवादास्पद खमेर रुजको शासनसत्ता पतन भएको थियो ।

दक्षिण भियतनाममा अधिकांश समय बिताएका जनरल ली भियतनामलाई उपनिवेश बनाएको फ्रान्स र अमेरिकी सैनिक विरुद्धको भिषण युद्धमा सहभागी भएका थिए ।

जनरल ली सन् १९९२–१९९७ सम्म भियतनामको राष्ट्रपति भएका थिए । उनकै शासनकालमा भियतनामले आर्थिक उदारीकरण अपनाउँदै आर्थिक वृद्धिलाई तिब्र बनाएको थियो ।

भियतनाम युद्धपछि सन् १९९५ मा उनि पहिलोपटक राष्ट्राध्यक्षका रुपमा राष्ट्रसंघको बैठकका निम्ति अमेरिकाको भ्रमणमा गएका थिए । भियतनाम युद्धपछि कोही पनि भियतनामी सरकार वा राष्ट्रप्रमुख अमेरिका भ्रमणमा गएका थिएनन् ।

उनले दक्षिण भियतनामको राजधानी साइगोनलाई अमेरिकी सेनाबाट मुक्त गर्ने उपकमान्डरका रुपमा भूमिका निर्वाह समेत गरेका थिए । सन् १९७८ मा कम्बोडियामा आक्रमण गरी पोलपोटलाई सत्ताच्यूत गराउन अहम् भूमिका खेलेका कारण उनलाई “कम्बोडियाको बाघ” का रुपमा पनि सम्झने गरिन्छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ