arrow

अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ मोडः किम र पुटिनबीच भेटवार्ता 

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
putin-kim.jpg

मस्को । उत्तर कोरियाली नेता किम जङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ ।     
     
रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदुर पूर्वस्थित शहर भ्लादिभोस्तकमा भेटवार्ता हुनेछ । यो दुई नेताबीचको पहिलो प्रत्यक्ष भेट हो ।     
     
“भेटमा दुई मित्रराष्ट्रका नेताबीच कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि राजनीतिक तथा कूटनीतिक समाधानको पहलका बिषयमा छलफल हुने कार्यक्रम तय भएको छ,” क्रेमलिनका विदेश नीति हेर्ने सहयोगी यूरी उसाकोभले पत्रकारसँग बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ