arrow

सन्दीपको दिल्ली दोस्रोमा झर्यो, यस्तो छ नतिजा 

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
haidarabad-chennai.jpg

काठमाडौं । भारतमा भइरहेको ईपीएल टी–२० क्रिकेटमा सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । 

पहिलो पटक शीर्ष स्थानमा पुगेको दिल्लीलाई चेन्नाई सुपर किंगसले पछाडि धेकेलेको हो । 

मंगलबार राति भएको खेलमा चेन्नाईले सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नाईको घरेलु मैदानमा भएको खेलमा हैदरावादले दिएको १७६ रनको विजयी लक्ष्य चेन्नाईले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । 

शेन वाट्सनले ९६ रन बनाए । उनले ५३ बलमा ९ चौका र ६ छक्का प्रहार गरे । यस्तै सुरेश रैनाले ३८ रन बनाए । 

हैदरावादका राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ३ विकेटको नोक्सानीमा १७५ रन बनाएको थियो ।

मनिस पाण्डेले नटआउट ८३ तथा डेभिड वार्नरले ५७ रन बनाए । हर्भजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए ।

यो जितपछि चेन्नाईको ११ खेलबाट १६ अंक भएको छ । जितले डिफेन्डिङ च्याम्पियन चेन्नाई प्लेअफ नजिक पुगिसकेको छ । दिल्लीको ११ खेलबाट १४ अंक छ भने मुम्बई इन्डियन्सको १० खेलबाट १२ अंक छ । 

चौथो स्थानको हैदरावादको १० खेलबाट १० अंक छ भने समान खेलबाट किंगस ११ पंजाबको पनि १० अंक नै छ । 

बुधबारको खेल 
बुधबार बैंगलरुमा रोयल च्यालेन्जर्स बैंगलोर र पंजाब खेल्नेछन् । 

जितले पंजाब प्लेअफका लागि अगाडि बढ्ने छ भने हारले यात्रा कठिन हुनेछ । हारले बैंगलोर प्लेअफ होडबाट बाहिरिने छ । 

खेल राति ८ः१५ मा सुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ