arrow

योगी आदित्यनाथ र केजरीवाललाई मार्ने धम्की, दर्जनौं स्थान बमले उडाउने 

कसैले मजाक गरेको अनुमान तर सुरक्षा हाइ अलर्टमा, १३ र १६ मे मा बमको धमाका गर्ने चेतावनी

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
terrorist.jpg

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि ज्यान लिने धम्की आएको छ । 

युपी र उत्तराखण्डमा दुई रेलवे स्टेसन मास्टरलाई आतंकवादी संगठनका नाममा पुगेको पत्रमा आदित्यनाथ, दिल्लीका मुख्यमन्त्री केजरीवाल र राष्ट्रिय स्वयंसेवक प्रमुख मोहन भागवतलाई मार्ने धम्की आएको हो । 

त्यसैगरी उक्त पत्रमा आगामी १३ मे मा शामली, बागपत, मेरठ, हापुड, गजरौला, गाजियाबाद, मुजफ्फरनगर, बरेली, दिल्ली, पानीपत र रोहतक रेलेव स्टेशनको बमबाट उडाउने धम्की दिइएको छ । 

भारतीय संचारमाध्यमहरुका अनुसार १६ मेमा इलाहाबाद, अयोध्या, गाजियाबाद र दिल्लीका प्रमुख धार्मिक स्थल तथा बस स्टेशनहरुलाई बमले उडाउने धम्की समेत दिइएको छ । 

दुई पृष्ठमा लेखिएको उक्त धम्कीपत्रको भाषा हेरेर सुरक्षा निकायले कसैले मजाक गरेको हुन सक्ने अनुमान गरे पनि सतर्कता भने अपनाउन थालिएको छ । 

केन्द्रीय खुफिया एजेन्सीले यूपी, दिल्ली, उत्तराखण्ड, हरियाणा लगायतका राज्यमा हाइ अलर्टमा रहन सूचित गरिएको छ । 

पत्र जैश ए मोहम्मदले लेखेको दावी गरिएको छ । जैशका एरिया कमाण्डर बताउने मैसुर अहमदको नाममा लेखिएको पत्रमा माथिका धम्कीहरु दिइएको हो । 

अहमदको ठेगाना जम्मू कश्मीर, सिंध पाकिस्तान लेखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ